Pages

Wednesday, April 04, 2012

कुवेतमा ब्वाइ फ्रेन्ड बिना बाच्नै सकिन्न !

सुजन अभागि
by nepalarab
यकिन तथ्य नभए पनि करिव ६० हजार नेपालीहरुले मरुभुमीको सानो देश कुवेत नगरिलाई आफ्नो कर्म थलो बनाएका छन।तिन दशक लामो ईतिहास बोकेका नेपालीहरु मध्ये दुई तिहाई संख्या महिला कामदारहरुले ओगटेका छन भन्दा कतिलाई त पत्याउनै गार्हो पनि होला तर बास्तविकता यही नै हो।थोरै भौगोलिक क्षेत्रफलमा फैलिएको कुवेतमा काम गर्ने नेपालीहरु प्रत्येक छुट्टीको दिन सिटीको मालिया गार्डनमा जमघट भै भलाकुसारी गर्ने गर्छन्।गगन चुम्ने महलहरुको बिचमा पर्ने त्यो गार्डनको वारिपरीका सस्ता खालका सपिङ महल र कामदारहरुको लागि आबस्यक पर्ने सामाग्रीहरु पाईन्छन।गार्डनको नजिकै रहेको सगरमाथा रेस्टुरेन्टमा नेपाली स्वाद चाखी आफनो आफनो गन्तब्य तिर फर्कनका लागि पनि उक्त गार्डन पायक पर्ने ठाउँमा छ।

२५ डिसेम्बर क्रिसमसको दिन यो ठाउँ मेलामय हुनपुग्छ।जात्राको बेलामा उपत्यका भित्रका चोकहरुमा हुने भिड भन्दा काम हुँदैन यहाँ।क्रिसमसको दिन कुवेत नगरि भित्र काम गर्ने गैह्मुस्लिम घरेलु कामदारहरुले अक्सर छुट्टी पाउने पाउने हुदा बर्षमा एक दिन चर्च जाने बाहानाले जुराएको छुट्टी उनीहरुको लागि अस्मरणिय नै हुने अनुभव धेरैको पाईन्छ।अत कतिले यसलाई दशै सम्झेर मान्छन त कतिले तिहार, अनि लोहसार, तिज आदीईत्यादी । ख्रिसमसको बहानामा छुट्टी निकाल्नेहरुका लागि यो नै ती ति पर्वको दिन हुन जसमध्ये भ्यालाईन्टाईन डे को प्रकृतिमा क्रिसमस रुमलिन गए जस्तो लाग्दछ ।


नेपाली महिलाहरुले आफन्त वा आफुले माया गर्ने र टेलिफोनमा दुःख साट्ने मायालुलाई भेट्ने दिन पनि क्रिसमस डे डिसेम्बर २५ हुने हुने भएकाले यो बहानाले एक पटक भएपनि खुशी दिने गरेको छ । अत यो दिन धार्मिक रुपले, सामाजिक सदभावका हिसाबले वा आफन्त भेट्ने हिसावले पनि कुवैतमा विशेष महत्व राख्ने विशेष पर्व बनेको छ । तर कतिपय ब्याक्तिहरु भने यसलाई भेटघाटको दिनका रुपमा मात्र मान्दछन ।


कुवेत सिटीको मलिया जहाँ नेपाली चर्च छ अनि नेपाली भाषाकै पास्टर पनि । त्यहाँ नेपाली भाषामा प्रथाना हुन्छ । हिजो २५ डिसेम्बरका दिन नेपाली चर्चले क्रिसमस उत्सव समारोहको आयोजना गरेको थियो उक्त कार्यक्रम एक प्रथा वा परम्पराको रुपमा विकाश हुने गतिमा पनि छ । नेपाली राजदुत मधुबन पौडेलको प्रमुख आथित्यता गत बर्ष झै यस बर्ष पनि रहन गयो । कार्यक्रममा बिभित्र संघ संस्थाका प्रतिनिधि, पत्रकार र सर्बसाधारण गरि करिब ५०० नेपालीहरु उपस्थित भए । कुवेतमा सार्वजनिक बिदा नपरेकोले होला अधिकास्म घरेलु महिला कामदारको भिड देखिन्थ्यो । चर्चको हल भित्र महिलाहरुको आउने जाने क्रम दिनभर जसो नै चलिरह्यो । प्रत्येक दश मिनेटमा त्यहाँ नयाँ नयाँ अनुहारका महिलाहरु आगमन जारी रहेको रमाईलो दृष्य पनि देख्न सकिन्थ्यो । उनिहरुलाई घर मालिकको ड्राइभरले चर्चको गेटबाट भित्र छोडिदिदा नदिदै अर्को गेटबाट आफनो गन्तब्य उही मलियाको नेपाली गार्डनले तानीसकेको हुन्थ्यो । चर्च पुग्नु पर्ने उनिहरुको बाध्यताका् औपचारिकता विचरा ड्राईभर वा कुवैतीले के बुझोस ? सबैको कानमा टासिएका मोबाईलबाट एक आपसको पहिरन र प्रतिक्षा स्थलको सोधीखोजी ।

नेपाली चर्च देखी नेपाली गार्डन सम्म सबै ठाउँमा घुईचो र भिड थियो,लाग्थ्यो केही हराए जस्तो । केही भेट्न लागे जस्तो । त्यो व्यस्तताको भिड छिचोल्न नेपाली चर्चबाट राजदूत ज्युलाई हम्मेहम्मे पर्‍यो । नेपाली रेस्टुरेन्ट र गार्डनको सेरोफेरो केही नेपाली केही बिदेशी फेसन देखिने भिडभाड कही दार्जीलिङ त हैन ? मेरो ताजै स्मृतीको दार्जेलिङ पनि सम्झन पुगे हिजो । चोकबजार गल्ली जताततै थरीथरीका अनुहार र पहिरन थियो मालियाबाट चर्च र चर्चवाट मालिया । कसैले निधार भरी चामलको अक्षेताको टिका लगाएका थिए, कोही नोकरानीकै पहिरनमा । कसैले चुरा पोते लगाएर सिङारियका थिए त कती मिनी स्कटमा आधुनिकताको उपहास गर्दै आएका थिए । त्यहा दिदी बहिनी दाजु भाई र आफन्त भेट्ने भन्दा आफुले माया गर्ने र टेलिफोनमा दुःख साट्ने मायालुलाई भेट्ने हरुको दुईतिहाई बहुमत भन्दा कमि थिएन । उनिहरुको क्रिसमसका दिन भेट्टने पूर्व तयारी अनुसार केटाहरुलाई आफुले काम गरेको घर नजिकै लिन बोलाँउने वा निस्चित ठाउँको संगम बनाउने कुरा त पूर्व तयारीकै रुपमा हुदो रहेछ । यसरी भेटनेहरु महिनौ , बर्षौ देखी लिएर केही साता र दिनको छोटो टेलिफोनको सम्बन्धमा विकाश भएको माया प्रिती पनि हुदो रहेछ । दुःखमा साटेको माया वा साहानुभूतिमा पाएको माया साँच्चैको मिठो मान्दारहेछन उनीहरु । अचम्मको कुरा यिनिहरु मध्ये कतिपयले एक अर्कोलाई कहिले देखेका भेटेका पनि थिएनन फेरिपनि माया बसेको त्यो पनि निक्कै गाढा । उनिहरु टेलिफोनमा म यस्ती छु, यस्तो रङको कपडा लगाएकी छु तपाईं कस्तो लुगामा आउनु भा छ जस्ता पहिचान गर्ने पहिचान खोज्दै कुरा गर्थे ।


मालियाको बजारमा देखिने धेरै जसो चेली बेटीले पुच्छर झुन्डाएका थिए । अर्थात ब्वाइफ्रेन्ड, फ्रेन्ड अथवा दाजु भाई जे जस्ता नाताले परिचय गराए पनि केटो पछी लगाएका थिए । उनिहरुको हाउभाउ फोटो खिचाउने स्टाईल देख्दा ब्वाइफ्रेन्ड नै हुनु पर्छ । गार्डन र वरपर क्रिसमस डे होईन भेलेनटाइन डे लाग्थ्यो । हुनत उनिहरु धेरै दिनको प्रतिक्षा पश्चात बाहिर निस्कन, घुम्न फिर्न पाएकोले नजिक भएका पनि हुनसक्छ ।

दुईजना नेपाली युबतीहरुले संगै काम गर्ने ईण्डियन ड्राइभरलाई तुम जाव हम हमरा भाईका साथबात गर्नाहे तुम जाव हम पैसा देते हे किन्टाकी खाव भन्दै थिए तर त्यो ड्राइभरले भन्दै थियो तुमारा भाई हे तो मेरा साम्ने बात करो, बिचरा नानीहरुलाई घरकै ड्राइभरले आँखा लगाएर नेपाली ब्वाइफ्रेन्ड भेटन पाएका थिएनन। कस्तो बिडम्बना !!

अधिकाम्स केटीहरुकोले केटा काखी च्यापेको देखे पछी हामीहरुले धेरै केटीहरुको राय बुझ्ने कोशीस गरेका थियौ । धेरैले त केही बोल्न चाहेत्र । तर नेपालगन्जकी सिन्धुले मुखै खोलेर भनिन कुवेतमा ब्वाइफ्रेन्ड बिना बाच्नै सकिदैन । कसरी भन्दा उनिको उत्तर जस्ताको तस्तै ­ बाटोमा एक्लै हिडदा सबैले जिस्काउ छन । मश्री देखी नेपाली बुढाहरु सम्म पछी लाग्छन अनी छुट्टीको दिन ट्याक्सीमा एक्लै हिडन डर हुन्छ अनी लिन छोडन जाने मान्छे पनि त चाहियो ! के गर्ने दाजु एक जनालाई विश्वाश गर्नै पर्यो। पोखराकी सन्जु गुरुङले काल्दियाको सुपर मार्केटमा १० महिना पहिला मोरङका रमेशलाई भेटेकी रहीछन । नेपालीको नाताले टेलिफोन साटा साट गरी कुरा गर्दै जादा माया बसेछ । दुई पटक त्यस पछि भेटघाट कार्यक्रम पनि भएछ । सन्जुले खुब मस्किदै आफनो काहानी सुनाउदै गर्दा रमेशका गाउँले साथी हुनु पर्छ पछीडीबाट सुस्त सुस्त भन्दै थिए घरमा छोरा छोरीको बियोग छ । यहाँ मैया छुमाउदै छु भन भन्दै थिए ।

कुवेतम ब्वाइफ्रेन्ड बनाउनु पर्ने बाध्यता नै हो त ? भत्रे कुरामा स्पस्ट हुन २ जना रातो कपाल पारेका सुकिला मुकिला देखिने केटीहरुलाई धेरै बेर सम्म निहाली कुनै केटा साथि नदेखे पश्चात­ प्रश्न गर्दा फर्वानीयामा बस्ने सेल्स गर्लको काम गर्ने नबलपरासी रितु र सेलुनमा काम गर्ने झापाकी साहारा गुरुङले भने हाम्रो पनि ब्वाइफ्रेन्ड छ । आज छुट्टी नभएकोले आउनु भएको छैन् । रितुको त लिभिङ टुगेदर रहेछ ।

कुवेतमा देखिएको यो चलन चल्ती बाध्यता हो अथवा सुन्दर जिबनको मोज मस्ती !! समाज र जिबनमा बिकृती बिसंगति भित्राउछ अथवा एकाइसौ सताब्दिमा जिबन बिताउने नयाँ तरिका जे भए पनि क्रिसमसको दिन मालियामा देखेको जात्रा र मेरो यात्रा रमाइलो थियो ।


Copied from : http://nepalarab.com/articles_view.php?id=1101

No comments:

Post a Comment