Pages

Sunday, May 27, 2012

के तपाईँ ब्लक गरिएका साइटहरू खोल्न चाहनुहुन्छ ?


के तपाईँ ब्लक गरिएका साइटहरू खोल्न चाहनुहुन्छ ?

                       

"म इन्टरनेटमाथि कडा सेन्सरसीप हुने मुलुकमा पुगेको छु....बन्द गरिएका वेबसाइट खोल्ने कुनै तरिका होला?", "मेरो कार्यालयमा फलानो साइट ब्लक गरीएको छ, कसरी खोल्न मिल्छ होला?" । यस्तै र यस्तै खाले प्रश्नहरू मेरो इमेल र ब्लगको च्याटबक्समा बेला-बेलामा आउने गर्छन् । फुर्सद भएको अवस्थामा ती प्रश्नहरूको सम्भाव्य समाधानहरू दिने गर्छु। कतिकोमा काम गर्छ भने कतिकोमा अझै पनि पूर्ण रुपमा काम नगरेको सुनेको छु । यसमा कहिलेकाहीँ बन्द ढोका खोल्ने साँचोले काम नगरेको हुनसक्छ भने कहिले भने साँचोको सही प्रयोग नभएको पनि हुनसक्छ ।
कुरा अलि बेमेल लाग्न सक्छ, तर एकै वाक्यमा कुरा टुङ्ग्याउने हो भने इन्टरनेट प्रविधिबारे जानकारी भएको जो कुनै एडमिनले पनि आफ्नो नेटवर्कभित्र आफूले चाहेको कुनैपनि वेबपेजलाई ब्लक गर्न सक्छ भने उ भन्दा अलि बढि जान्ने अर्को व्यक्तिले सो ब्लक गरिएको साइट फेरि खोल्न सक्छ । त्यसैले मेरो विचारमा इन्टरनेटमा पूर्ण प्रतिवन्ध एउटा असम्भव सम्भाव्यता हो । चिन, साउदी अरब लगायत केही मुलुकमा ब्लगर, फेसबुक लगायतका केही साइटहरू प्रतिबन्धित छन् भने तीनै देशमा तीनै साइट चलाउनको सङ्ख्यामा पनि निकैको सङ्ख्यामा छन् । मतलब हरेक ताल्चाका साँचो हुन्छन् नै । तर ताल्चा बलियो छ कि साँचो बढी 'तेज' छ भन्ने मात्रै मुख्य कुरा हो ।
म यस विषयमा जानकार होइन, तर सामान्य प्रोक्सीको प्रयोग र केही ब्राउजर एडअनको मद्दतबाट पनि धेरैजसो समयमा यस्ता साइटहरू खोल्न सकिन्छ त्यसैले आजको पोस्टमा बन्द गरिएका साइट खोल्ने केही सजिला उपायहरूको चर्चा गर्देछु ।
सुरुमा सजिलो उपायबाट कोसिस गरौँ:
प्रोक्सी सर्भरको प्रयोग: प्रोक्सी सर्भरको प्रयोग गर्नु अगाडि यसको बारेमा सामान्य जानकारी राख्नु सही हुन्छ । यसको वृहत् प्राविधिक पक्ष वा जटिलतम परिभाषामा नगई सामान्य रूपमा बुझ्ने हो भने, प्रोक्सी सर्वर भनेको यस्तो एउटा कम्प्युटर, प्रोग्राम वा सेवा प्रदायक सिस्टम हो जसले अन्य कुनै प्रयोगकर्ता (client) लाई तेस्रो सिस्टममा जोडन सेतुको काम गर्छ । अत: यसको प्रयोग भनेको करिब करिब सिधा बाटोबाट नगई डाइभर्सन प्रयोग गर्नु जस्तै हो । इन्टरनेटको दुनियाँमा खोजी पसेमा यस्ता प्रतिबन्धीत वा ब्लक गरिएका साइटहरू खोल्न मद्दत गर्ने कैयन् प्रोक्सी सर्वरहरू छन् ।
यहाँनेर बुझ्नै पर्ने कुरा के छ भने जसरी प्रयोगकर्ताहरूले ब्लक गरिएका साइटहरू खोल्न नयाँ नयाँ प्रोक्सी सर्भरको प्रयोग गर्छन् त्यसरी नै नेटवर्क एडमिन वा कुनै पनि स्कूल, कलेज वा कार्यालयका व्यवस्थापन पक्षले पनि ती सर्भरहरूलाई पहिचान गर्ने र त्यसलाई रोक्ने कार्य भने गरिरहेका हुन्छन् । त्यसैले कुनै एक प्रोक्सी सर्भर सबैलाई काम लाग्छ नै भनेर भन्न सकिन्न । तर प्रोक्सी सर्भरका समुद्रमा खोज्ने समय रहेको खण्डमा कुनै पनि तालाको तोड भेटिन पनि सक्छ ।
ईन्टरनेटमा आफ्नो पहिचान लुकाउन वा अज्ञात रूपमा सर्फिङ गर्न सम्भव बनाउने यी केही प्रोक्सी सर्भरहरू हुन:
http://cgiproxy6.appspot.com/http://www.freeanonymizer.co.uk/http://server10.kproxy.com/http://www.ctunnel.com/,http://anonymouse.org/anonwww.htmlhttp://www.hideandseeks.info/  ,  http://hidemyass.com/
http://www.vital-news.info/,  http://www.filterwebsites.info/
ब्राउजर एडअनको प्रयोग: हुन त ब्राउजर एडअनले पनि स्वचालित रूपमा विभिन्न प्रोक्सी कै प्रयोग गर्छन र इन्टरनेटमा खोजेमा स शुल्क र निःशुल्क यस्ता धेरै एडअनहरू भेटिन्छन् । तर ती मध्य मैले आफैंले प्रयोग गरिरहेको एउटा सरल, निःशुल्क र वहनीय अर्थात पोर्टेवल अनुप्रयोगको चर्चा यहाँ गर्दै छु ।
Ultrasurf एउटा यस्तो सरल र उपयोगी अनुप्रयोग हो जसको मद्दतबाट धेरैजसो ब्लक गरिएका साइटहरू सजिलै खोल्न सकिन्छ । अब लागौं यसलाई कसरी चलाउने भन्ने बारे।
माथि नै भनी सकिएको छ यो एउटा वहनीय अर्थात पोर्टेवल सफ्टवेयर हो । त्यसैले सबैभन्दा पहिलायहाँ बाट Ultrasurf डाउनलोड गर्नुस र त्यसलाई आफ्नो कम्प्युटरको कुनै फोल्डरमा अनजिप गर्नुस ।
Ultrasurf
अब तपाईँको कम्प्युटरमा वायाँ तर्फको चित्रमा जस्तै u1007 (हालको भर्सन u1016) नामको एउटा प्रोग्राम देखिने छ । त्यसलाई डबल क्लिक गर्ने बित्तिकै यसले आफ्नो काम गर्न थाल्छ । अर्थात यसलाई डबल क्लिक गर्ने बित्तिकै यसले स्वचालित रूपमा आवश्यक प्रोक्सीको चयन गर्छ र कम्प्युटरको इन्टरनेट एक्सप्लोरर आफैँ खुल्छ । अब इन्टरनेट एक्सप्लोररमा बन्देज लगाईएका वा ब्लक गरिएका साइटहरू पनि खुल्न थाल्छन ।
यहाँनेर याद गर्नै पर्ने कुरा के छ भने यो Ultrasurf खोले पछि यसले आफैँ इन्टरनेट एक्सप्लोररको प्रोक्सी सर्भर सेटिङ्गलाई स्वचालित रूपमै सक्रिय गर्छ र आवश्यक प्रोक्सी सर्भरका सूचकाङ्कहरू त्यसमा हाल्छ । साथै यसो प्रयोग गर्दा इन्टरनेटको गति पनि सामान्य गति भन्दा केही कम हुन्छ । त्यसैले यसको उपयोग सक्किए पछि इन्टरनेट एक्सप्लोररको Tools>> Internet Options>>Connections>>LAN Settings हुँदै Proxy Server भन्दा मुनि रहेको "Use a roxy server for your LAN...." विकल्प लाई अनचेक गर्नु पर्छ । तलको चित्रमा हेर्नुस:
Diaable Ultrasurf in IE
यदि तपाई इन्टरनेट एक्सप्लोरर चलाउनु हुँदैन भने Ultrasurf को Option मा गएर "Do not use IE" मा चेक मार्क लगाउनु होस।
फायरफक्स प्रयोग गर्नुहुन्छ : यदि तपाईँ इन्टरनेट एक्सप्लोरर हैन, फायरफक्स प्रयोग गर्नुहुन्छ भने:
१) माथि जस्तै गरि यहाँ बाट Ultrasurf डाउनलोड गर्नुस र त्यसलाई अनजिप गरेर डबल क्लिक गर्नुहोस।
२) अब फायरफक्सको लागि यहाँ बाट Ultrasurf Firefox add-on डाउनलोड गर्नुहोस् ।
३) अब सो जिप फाइलाई अनजिप गर्नुस र चित्रमा जस्तै फायरफक्समा खाली पेज वा ट्याब खोलेर सो खाली भागमा यो एडअन लाई ड्र्याग गर्नुस । अब केही छिनमै स्क्रिनमा Software Installation को मेसेज विण्डो देखिने छ। केही सेकेण्ड पर्खनुहोस र यसको तल हुने Install Now मा क्लिक गर्नुहोस ।
Ultrasurf addon firefox
४) add-on इन्स्टल गरेपछि फायरफक्स रिस्टार्ट गर्नुहोस । अब फायरफक्सको स्टाटसवारमा WJ Disabled भन्ने टेक्स्ट बटन देखिने छ।
अब तपाईँको तयारी पुरा भयो। अब जुन-जुन बेला तपाईलाई ब्लक गरिएका साइट भिजिट गर्नु पर्छ । माथि नं १ मा डाउनलोड गरिएको Ultrasurf खोल्नुहोस र फायरफक्सको स्टाटसवारमा भएको WJ Disabled भन्ने टेक्स्ट बटन मा क्लिक गर्नुहोस । सो टेक्स्ट बटन "WJ Enabled" मा परिवर्तन हुनेछ र फायरफक्सले स्वचालित रूपमै आवश्यक प्रोक्सीको चयन गर्नेछ अनि ब्लक गरिएका साइटहरू पनि खुल्नेछन् । माथि भने जस्तै यसको प्रयोगमा इन्टरनेटको गति सामान्य भन्दा केही कम हुने हुनाले आवश्यक नभएको अवस्थामा यसलाई पुन: WJ Disabled बनाएर छोड्नु होला ।
Light bulbनोट:Ultrasurf नखोली यो टेक्स्ट बटन इनेबल भएमा वा "WJ Enabled" भएको खण्डमा भने फायरफक्समा कुनै पनि पेजहरू नखुल्न सक्छन् ।
Update:
केही साथीहरूले वहाँहरू बस्नु भएको ठाउँमा Ultrasurf को साइट नै ब्लक गरिएको कुरा उल्लेख गर्नु भएको छ । त्यसैले Ultrasurf को आजसम्मको नयाँ संस्करण मैले यहाँ अपलोड गरेको छु । साथै फायरफक्सको लागि आवश्यक एड पनि यहाँ  अपलोड गरेको छु। माथीका साइटहरू नखुलेको अवस्थामा Ultrasurf को लागि यो र  फायरफक्सको एडअनको लागि यो पेजको दायाँपट्टी भएका कुनैपनि डाउनलोड लिन्कबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

No comments:

Post a Comment