Pages

Monday, May 21, 2012

यौन चाहाना मेट्ने माध्यम वनेको थिए ।


यौन चाहाना मेट्ने माध्यम वनेको थिए ।

Posted on  
थोरै भएपनि आज भोली लाफुमाको मुहारमा हासो फर्किएको रहेछ । उसको शरिर पनि फेरीएछ । उनको हाउभाउ हेर्दा लाक्छ विगतमा उनको जिवनमा घटेको घट्ना विर्षन कोसीस गदैछिन् । म शहरमा वसेकीले उनीसग भेट नभएको पनि निक्कै बर्षभएको थियो । यसो छुट्टी मिलाएर म उनलाई भेटन भनी आठराइ गए । खोरुङवा खोलाको उकालो अनी इसिवु ओरालो र खेलपुरको उकालो हिड्दा पाईताला छुनै नहुने गरी दुखेको थियो । लुगा त पसिनाले छ्याप्पै भिजेको थियो । जसोतसो रिम रिम साझ पर्दा म लाफुमाको घर पुगे । लाफुमा पनि भरखर कोदो गोडेर घरमा आई पुगेकी रहेछिन् । लाफुमाको आमा खाना पकाउदैहुनुहन्थ्यो । बाबा बाछो लगाई सकेर दुदेरी दुध वोकेर घर तर्फआउदै हुनुहुन्थो । झिसमिसे अध्यारोमा लाफुमाको बाबा र आमाले मलाई राम्ररी ठम्याउन सक्नु भएन । म बाहिर खटियामा झोला विसाएर वसे । लाफुमाले त मलाई देख्ने वित्तिकै चिनीहालीन् । आन्ने (दिदी) सेवारो भनीन् । हामी बोलेको सुनेर लाफुमाको बा, आमा बाहिर आउनुभयो । मेलै पनि सेवारो भने उहाहरुले मन नलागी नलागि सेवारो फर्काउनु भयो । मेरो अनुहार तीर वत्ति देखाउदै को हुन् यी नानी मैले त चिनिन नी डराएको अनुहारले लाफुमालाई आमाले सोधिन् । धरानकी दिदी हो भनिन लाफुमाले । ए म त डरए नी को नया मान्छे आयो भनेर आमाले भनिन । एकछिन कुरा गरेपछि लाफुमाको आमा खुलेर वोल्नुभयो नानी मलाई त नया मान्छे आयो भने अझै पनि साह्रै डर लाग्छ । फेरी मेरी छोरीलाई हामीवाट अलग्याएर लान्छनकि भनेर । बुढेसकालको साहारा एक्लो छोरी वेपत्ता हुदाको पीडा दुवै जनाको अनुहारमा झल्कन्थ्यो। हामी गाउमा वसेका छौ । कस्तो समय आयो आयो । मनग्गे गरिखान पनि पाईदैन ।
आमा भात पस्के दिदीसग भित्र आउनु न – लाफुमाले घर भित्रवाट वोलाईन् ।नानी भोक लागेको होला, हात धुनु नी – आमाले लोटाको पानी दिदै भन्नुभयो ।
खाना खायौ । ५ वर्ष अघि लाफुमाको घरमा म गएकी थीए । त्यति खेर लाफुमा एकोहोरो टोलाउने गर्थिन् । वोलाउदा पनि राम्ररी वोल्दिनथिन् । चुला नजिकै आमाको छेउमा घुम्रुङग पथाङ ओडेर घरी घरी मलाई हेर्थिन् मात्र । अनुहार फुस्रो, अनी जिउपनि सुकेर सिटा भएको थियो । तर अहिले लाफुमामा धेरै परिवर्तन आएछ मनमनै मैले उनको जिवनमा आएको परिवर्तनलाई तुलना गरे । उनले एसएलसी दोस्रो श्रेणीमा पास गरेछिन । घर नजिकैको उच्च माविमा ११ मा पढ्दै रहेछिन् । मनमनै लाफुमाको बारेमा मनमा कुरा खेलाउदै खाना खार्इरहेकी थीए । दिदी खाना मिठो भएन होला नी उनको वोलार्इले म झस्किए । उनको हातको खाना साच्चै मिठो थियो । खाना खाईसकेर हामी दुवै जना ठट्टा गदै भाडा मोल्यौ । अनी तलामाथी सुत्न गयौ । लाफुमाले आफ्नो सुत्ने कोठा मजाले सजाएकी रहेछिन । भित्तभरी हीरो हीरोईनका फोटो र फुलका पोष्टर टासेकी रहेछिन् । साथीसग खिचेको फोटोहरुपनि फ्रेमिङ गरेर सीराने माथी राखेकी थिईन् । हामी ओछ्यानमा पल्टियौ । धिप धिपे कुपी वलिरहेको थीयो । लामो सास तान्दै लाफुमाले भनिन् दिदी के गर्नु जति गर्दा पनि म माथि घटेको घटना मात्र मेरो दिमागमा आउछ । नया मान्छे देख्ने वित्तिकै डर लाग्छ अझ छोरा मान्छे त देख्ने वित्तिकै मलार्इ चिच्याउन मन लाग्छ । कसरी वाचेर आएर मलाई नै विश्वास लागेको छैन अझै पनि । लाफुमा आफ्नो जिवनमा घटेको घटना सुनाउन थालिन् । माओवादीहरु पनि गाउ नै भरी थिए । कहिले काहि नेपाली सेना पनि गाउमा आईपुग्थे । मोओवादी आउथे घरमा खान माग्थे दिनै पर्यो । नदिएमा नानाथरी भन्दै हप्काउथ्यो । खाना दिएको थाहा पाएर सेनाले किन माओवादीलाई भात दिने तिमिहरु पनि माओवादी हो भनेर हप्काउथ्यो, कुट्थ्यो । हामी गाउका मान्छे दोहोरो मारमा परेका थियौ । म घर नजिकैको स्कुलमा कक्षा आठमा पढ्दै थिए । त्यतिवेला मलाई माओवादीहरुले कार्यक्रम जौ भन्दै लगे । हाम्रो स्कुलवाट म लगायत थुप्रै विद्यार्थीहरुलाई उनीहरुको कार्यक्रममा लाने गरेका थिए । म जन्न भन्दा पनि लगेरै छाडे मलाई । म काहा गए आमा वुवालाई थाहा थिएन । उहाहरुले कति मलाई खोज्नु भो रे । कति रुनुभो रे आमाले भन्नु भएको । दिनभरी भोकै हिडाए । कहालगियो लगियो मलाई त केही थाहा भएन । सोध्दा ताप्लेजुङ भन्थे । कुन गाउ हो त्यो पनि थाहा भएन । हामी त्यहा पुग्दा कार्यक्रम हुदै थियो । कार्यक्रममा गएर वसेका मात्र के थियौ । सेना आईपुग्यो भनेको मैले सुने । माओवादीहरु त सवै भागे । म त आत्तिएर भाग्न पनि सकिन । त्यतिकैमा मलाई त सेनाले पक्रियो । मैले म माओवादी होईन भनेर प्रतिकार गरे । मलाइ माओवादीहरुले जवरजस्ती ल्याएका हुन भन्दा पनि मेरो कुरा सेनाले सुनेन । मलाई जवरजस्ती घिसारदै ठेल्दै लगे । मलाई रातभरी उनीहरुसगै हिडार्इयो । वन्दुको कुन्दाले मलाई घोच्दै हिडाए । संवेदनशिल अंगमा छोईदिने अनी मन परि भन्थे । भोकले खुट्टा पनि उचालिएन । जिउ ललाक लुलुक भएर थर थर कामिरहेको थियो । लामो हिर्डाईपछि वल्ल ताप्लेजुङको आर्मी क्याम्पमा मलाई पुर्याए । मलाई एक्लै अध्यारो कोठामा राखिएको थियो । उनीहरुले पटक पटक मलाई हातपात गर्न कोसीस गरे । मलाई नानाथरीका कुरा सोधेर दिक्क लगाए । ती अश्लिल शब्दहरु मलार्इ समेत लाफुमाले भन्न सकिनन् । त्यतिखेर मलाई लाग्थ्यो उनीहरु मान्छे होईनन जस्तै लाग्थ्यो । म १८ महिना नेपाली सेनाको क्याम्पमा वस्दा मेलै धेरैलार्इ सामना गर्नु पर्यो । दिन रात कति खेर हुन्छ म उनीहरुको यौन चाहाना मेट्ने माध्यम वनेको थिए । कस्ता कस्ता अनुहारका आउथे त्यो त मलाई थाहा भएन तर साना पद देखि ठूलो पदका सेनाहरु आउने गरेको उनीहरुको वोलीचालीको आधारमा मैले थाहा पाए । मेरो आखामा पट्टी लगाएकोले मैले उनीहरुको अनुहार देख्न पाईन । मैले कति नाईनास्ती गर्दा पनि त्यत्रो लक्का जवानको अगाडि मेरो के लाग्थ्यो र – तर पनि सके सम्म मैले प्रतिकार गर्न कोसीस गरे । प्रतिकार गर्दा मेरो पाईतलामा करेन्ट लगाउथे । करेन्ट लगाउदाको पिडा सहन नसकेको कारण म कहिले काहि त वेहोस पनि भएको छु । होस आउदा अध्योरो कोठामा हुन्थे । मेरो लुगा फाटे, शरिरवाट रगत वगेको रगतको गन्धवाट थाहा पाए । रात दिन म उनीहरुको व्यावहार वाक्क मेरो शरिर शिथिल भईसकेको थियो । यसरी यातना सहनु, दिन रात वलत्कृत हुनुभन्दा त एक गोली हानेर मारेको भए जाति हुन्थ्यो जस्तो लाग्थ्यो । राक्षेसहरुको वीचमा एकजना दयालु दाई थिए । उनले भने मलाई वैनी कस्तो छ तिमीलाई भन्थे । त्यतिखेर म भक्कानीएर रुन्थे । वैनी एक सास रहुन्जेल सम्म वँच्नु पर्छ के गर्नु म पनि तिम्रो लागि केही गर्न सक्दिन भनेर मेरो टाउको सुमसुम्याईदिन्थे । उनले भने कहिले काही खानेकुराहरु पनि लुकाएर ल्याईदिन्थे । तर उहाको अनुहार कस्तो थियो मैले हर्न पाईन । ती दाईलाई मैले कति पटक मलाई गोली हानेर मार्नु न भन्थे । तर मलाई उल्टो सम्झाउनु हुन्थ्यो । करेन्ट लगाएर शिथिल भएको शरिर, अनी हारेको आतमा उहाको त्यो नरम वोलीले निको भएको महसुस हन्थ्यो । मेरो कपडा झुजा भै फाटेको थियो । कपाल नुहाउन र कोर्न नपाएको कारण लट्टा परेको थियो । जुब्रा परेकाले असाध्यै कपाल चिलाउथ्यो । शरिर कन्याउदा कन्याउदा नङको विस लागेर घाउ नै घाउ भएको थियो । माओवादीका विषयमा सोध्दै मलार्इ यसरी यातना दिएको हो । तर मलार्इ उनीहरुको वारेमा थाहा थिएन । कहावाट भन्नु । खै कहावाट हो मलाई वालवालिका सम्वन्धि काम गर्न एउटा संस्थाले उद्धार गर्यो । उद्धार पछि पनि मलाई उपचार पनि गरिदियो । क्याम्पवाट निस्किएको एक महिना सम्म म राम्ररी हिड्न डुल गर्न सकिन । आखामा पट्ट वाधिएकोले आखा पनि राम्रो देख्दीन थिए । डक्टरकै सल्लाह अनुसार चस्मा लगाए । मेरो पाठेघरमा पनि समस्या छ रे । अझै पनि म पहिलाको जस्तो मजाले हिडडुल गर्न सक्दिन । तर पनि भाग्यले एक मुठि सास रह्यो । आमा वुवासग भेट भयो । के गर्न वाच्नु लेखेको रहेछ । सास्ती खपेरै भएपनि जसो तसो पढ्दै छु । गाउका साथी भाईले पनि राम्रो व्यावहार गदैनन् मलाई । फुर्सदको वेला रेडियो सुनेर दिन विताउछु ।
यसरी लाफुमाले आफ्नो कथा रुदै रुदै सुनाईन् । उनले भोगेको पिडा सुन्दा मेरो आङ नै जिरिङग जिरिङग भयो । उनले आफ्नो पिडा भनी सक्दा पहिलो डाकको भाले कुखुरी का गदै वास्न थाल्यो । म निदाउन कोसीस गर्दा पनि निदाउन सकिन । उज्यालो भएपछि गह्रो मन लिएर लाफुमा र उनको वावा आमासग विदा लिएर फर्के । १० बर्षे लामो माओवादीको शशस्त्र संर्घर्षमा एकजना वालिकाले भोगेको पीडा हो यो । सत्यघटनामा आधारीत यो कथामा पात्रको नाम परिवर्तन गरिएको छ ।
सुन्नेलार्इ सुनको माला
भन्नेलार्इ फुलको माला
यो कथा वैकुण्ठमा जाल
भन्ने वेलामा मनमा सरररर आर्इजाला ।।।।।


Thanks

No comments:

Post a Comment