Pages

Monday, May 21, 2012

चैनपुर र समाज स्पर्स समिती


चैनपुर र समाज स्पर्स समिती ।

Posted on  
गाउ गाउमा जालीले बाधेर ढाकरभरी करुवा अङखोरा अनी कासका चिटिक्क परेका थाल बटुका लिएर चैनपुरवाट बाडाहरु म सानो छदा आएको देख्थे । उनीहरुले पुरानो फुटेका कासका हलुङगे र तामाका भाडा कुडासग नया भाडा कुडा साटि दिन्थे । पुराना टुटेफुटेका सामान संकलन गरेर लागेको याद छ मलार्इ तर आजकल भने त्यसरी घुम्ने चलन हरायो । मेरी आमाले पनि भाडाका भारी बोकेर हिडने बाडाहरुवाट किनेको कासको थाल वटुका अझै घरमा छन् । उनीहरुले हाम्रो घरमा धेरै पटक भात पकाएर खाएको समेत याद छ मलार्इ ।त्यतिवेला देखि नै मैले चैनपुरको करुवाका वारेमा निक्कै सुनेको थिए । तर घुम्ने मौका मिलेको थिएन । नया वर्ष सकिनसाथ अभियान नेपालका श्रीकृष्ण कट्टेल सप्तकोशी एफ एमका जनसेवा कार्यक्रमका प्रमुख भैरव र म चैनपुर घुम्न गयौ । चैनपुर सम्म कालोपत्रे वाटो भएकाले मोटरसाइकलमा जाने निर्णय गरियो । मैले नी स्कुटर लगेर गए । साढे पाच लिटर मात्र पेट्रोल ट्याङकीमा अटने भएकाले तीनवटा पेप्सीको वोतलभरी पेट्रोल जोहो गरेर उकालो हुर्इकियो । आफ्नै सुरमा रमिता हेदै उकालो लागियो हिले सम्मको यात्रा निक्कै रमार्इलो भो । हिले देखि माथि निक्कै चिसो थियो । सिधुवा वजारमा मोहन श्रेष्ठ दार्इले चिया खुवाउनु भो । चियाले चुस्कीले जिउ निक्कै न्यानो भो । पन्जा अनी गलामा गलवन्दी वेरेर भालुखोप उकालो हुर्इकियौ । वसन्तपुर सम्मको मात्र यात्रा भएकाले विस्तारै जादा भालुखोपमा तीन जनाले जंगलवाट सेउला घास वोकेर हिडिरहेका थीए । साना केटाकेटी थीए । अचम्म मान्दै हेरे । मैले नी हासी दिए । उनीहरुको अनुहारमा एक किसीमको आश्चर्यको भाव झल्केको थाहा पाए । नभन्दै भालुखोप उकालो पार गरेपछि साथी भैरव र श्रीकृष्णले भने केटीले स्कुटर कुदाएको देखेर छक्क परेको खवर सुनाए । बसन्तपुरको बास रमार्इलो भो । बिहान नै उठेर चैनपुर लागियो । मुढे शनिश्चरेमा पेट्रोल स्कुटीमा लगाउन भनी एकछिन रोकियौ । एकसय १० रुपैया लिटर रहेछ पेट्रोल । बालबालिकाहरुले मेरो स्कुटर घेरे । केटीले कुदाउने स्कुटर देखेर उनीहरु छक्क परे । छामछुम गरे । वरीपरी घुम्दै हेरे उनीहरुले । केटी मान्छेले स्कुटर कुदाएको कम मात्र देखिने त्यो पहाडी क्षेत्रका धेरै व्यात्तिहरु अनौठो माने । केटा केटीले त सुनीने गरी सगैको साथीलार्इ हेर त केटीले कुदाको भनी प्रतिक्रिया दिएको सुनियो । पिलुवा खोलाको किनारमा रहेको सानो वजारमा खाजा खाएर खान खान चैनपुर पुग्यौ । सभाखोलाको माछासग भात खार्इयो । सभा खोलाको माछा निक्कै प्रसिद्ध रहेछ । २०३१ सालमा संखुवासभाको सदरमुकाम खादवारीमा सारेपछि खासै वजारको विस्तार नभएको चैनपुरवासी लव कुमार श्रेष्ठले जानकारी दिए ।
चैनपुरे करुवा
चैनपुरमा पहिला घरैपिच्छे शाक्यहरुले करुवा बनाउथे छन् । तर अहिले भने पाच परिवारलेमात्र त्र करुवा बनाउने व्यावसायलार्इ निरन्तरता दिएको ७२ बर्षिय देबेन्द्र शाक्यले जानकारी दिए । कोर्इला र कच्चा पदार्थ अभावका कारण करुवा वजारको माग वमोजिम वनाउन नसकेको शाक्यको भनार्इ छ । उनका अनुसार एक ताका तेह्थुम धनकुटामा समेत उनको करुवा अङखोरा लगायतका कासका भाडा कुडाको पसल थियो । तर अहिले कच्चा पदार्थको अभावका कारण माग बमोजिमका भाडा कुडा वनाउन सकिएको छैन । पुराना तथा टुटेफुटेका सामाग्री संकलन गर्न पनि गाउ गाउमा जान नसकेको उनको भनार्इ छ । पुर्खाहरुले गरेको परम्परागत यो पेशा चटक्कै छोड्न मन नलागेकाले निरन्तरता सम्म दिएको अर्का व्यावसायी पदम शाक्यले सुनाए। करुवा चैनपुरको पहिचान हो । कच्च पदार्थ अभावका कारण वाकी रहेका उद्योग पनि वन्द हुने अवस्थामा पुगेका रहेछन् । धातु पगाल्नका लागि सामुदायीक बनहरुले कोर्इला पोल्न नदिएका कारण पनि उद्योगलार्इ समस्या परेको शाक्यको गुनासो छ ।
चैनपुर निवासी शाक्यहरुको संछिप्त परिचयमा दुर्गा प्रसाद शाक्यले उल्लेख गरे अनुसार विसं १९८७ मा पाटनको नागबहालबाट संखुवासभाको चैनपुरमा चार परिवार वसार्इ सरेर गएका हुन् । तिनै चार परिवारका सन्तानहरु चैनपुरमा अहिले सम्म वसिरहेका छन ।
समाज स्पर्स समिति
माओवादीको दश वर्षे शशस्त्र संघर्षले नराम्ररी प्रभाव परेको चैनपुर वजारको मुहार अहिले भने केही फेरीएको देखिन्छ । तर अहिले पनि भेलामान श्रेष्ठ र शंकर कुमार श्रेष्ठको घर माओवादीको कब्जामा रहेको स्थानीयवासीले वताए । चैनपुरवासीले २०५४ सालमा समाज स्पर्स समिति नामक सस्था स्थापना गरेका रहेछन् । सो समितिले सिद्धकाली चैनपुर सिद्धपोखरी बानेश्वर खराङ मामलिङ मावादिन मादि जलजला वानमा वचत कार्यक्रम चलाएको छ । हप्ताको प्रत्येक शुक्रबार नियमित ६ सय २५ जनाले वचत गरिरहेका छन् । अहिले सम्ममा २ करोड ७६ लाख रकम जम्मा भर्इसकेको समाज स्पर्स समितिका सभापति लव कुमार श्रेष्ठले जानकारी दिए । सहकारीको नियम अनुसार वचतकर्ताले सात प्रतिसत व्याज पाउदो रहेछ । कर्मचारीको तलव कार्यलय खर्च कटाएर वच्न आएको वचतको मुनाफाको १० प्रतिसत सहकारी शिक्षामा लगाउनी गरिरहेको छ । सहकारी शिक्षा अन्तर्गत वचत कार्यक्रम अन्तर्गतका रहेका १९ वटा विद्यालयका कक्षा १ मा पढ्ने विद्यार्थीलार्इ कपि किताव झोला टिफिन क्यारी वर्षेनी निशुल्क प्रदान गदै आएको छ । अधिकांश वालवालिकालार्इ आमा बुवाले स्कुल नपठाउने चलन थियो । त्यसैले समाज स्पर्स समितिले जनचेतना मुलक कार्यक्रम गरेकाले वालवालिका पनि स्कुल जान थालेका छन् । नया शैक्षिकसत्र लागु हुने वित्तिकै देखि समितिले विद्यालय भर्ना अभियान समेत चलाउने गरेको समितिका सभापति श्रेष्ठले जानकारी दिए ।
भौगोलिक रुपमा विकट मानिने संखुवासभाको पुरानो सदरमुकाम चैनपुरको पहिचान करुवा सगै समाज स्पर्स समितिले साच्चै राम्रो काम गरेको । गाउलेको तन मनलार्इ स्पर्स गरेको रहेछ । त्यसैले त घन्टौ हिडेर पनि गाउ गाउवाट वचत गर्न सो समितीको कार्यलयमा आर्इ पुग्छन् ।
समुन्द्री सतह देखि ४५ सय फिट उचार्इमा अवस्थित चैनपुर वजार अवस्थित छ । संखुवासभाको पुरानो सदरमुकाम चैनपुर नाम रहनका पछाडि थुप्रै मिथ रहेछ । स्थानीयवासीका अनुसार शति देवीको दाहिने आखा चैनपुरमा पतन भएको थियो । दाहिने आखा पतन भएकाले त्यो ठाउलार्इ चन्दनपुर नामाकारण गरियो । त्यो चन्दनपुर अहिले अपभ्रंस भएर चैनपुर नाम रहन गएको भनार्इ छ । त्यस्तै अमन चैन गर्ने व्यात्तिहरु वसेकाले पनि चैनपुर नाम रहन गएको भनार्इ छ । शेर्पा जातिको चिहान पुर्ने स्थान भएकाले चैनपुर भनिएको भन्ने पनि भनार्इ रहेछ। पुरानो प्रशाशनिक संरचना अनुसार पहिला चैनपुर धनकुटा जिल्लाको ६ नं इलाका पर्थ्यो । त्यतिवेलाको चुनावमा नेपाली कांग्रेसले सुर्य बहादुर थापालार्इ टिकट नदिर्इ लिलानाथ दाहाललार्इ दियो । त्यसपछि सुर्य वहादुर थापा स्वतन्त्र उमेद्धार उठेका थिए । तर उनलार्इ चुनाव प्रचार गर्न नदिर्इ स्थानीय वासीले खेदाएकाले पछि सुर्य वहादुर रिसाएर उनी प्रधानमन्त्री भएका वेलामा सदर मुकाम सारेको चैनपुरवासीको आरोप रहेछ । चैनपुर बजारमा विप्रेषण आउने थुप्रै ट्राभल्स पनि खुलेका रहेछन् । बिस्तारै विकासका पुर्वाधारहरुले पनि वजार परिवर्तन्मुख देखिन्छ । 
चैनपुरे करुवा
चैनपुरबाट ओरालो झर्ने क्रममा







Original Post on : 
http://sitamademba.wordpress.com/2011/05/22/%E0%A4%9A%E0%A5%88%E0%A4%A8%E0%A4%AA%E0%A5%81%E0%A4%B0-%E0%A4%B0-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C-%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8-%E0%A4%B8%E0%A4%AE%E0%A4%BF%E0%A4%A4/#more-318

No comments:

Post a Comment