Pages

Saturday, March 10, 2012

नाम दर्ता गर्ने - Domain Registration

 
वेबसाइट बनाउने स्टेपहरुमा तपाइको पहिलो काम नाम दर्ता गर्ने हुन्छ । नाम दर्ता गर्ने भनेपछि तपाइँले बुझी सक्नु भयो होला, google.com, yahoo.com, facebook.com जस्तै आफ्नो साइटको लागि एउटा नाम दिने । यी .com, .net, .org जस्ता नामहरुकोलागि तपाइँले बार्षिक पैसा तिर्नु पर्ने हुन्छ हाल सम्मको लागि मर्कन्टाइल कम्पनिले नि:शुल्क उपलब्ध गराउदै आएको छ । यसको लागि तपाइँले आफ्नो नागरिकताको फोटोकपी र एउटा “मेरो नाम दर्ता गरि पाउँ” भन्ने चिठी लिएर जानु भयो भने तिन दिन भित्र  तपाइँको नाम दर्ता हुन्छ । र त्यसको लागि तपाईंले register.com.np मा गएर एउटा अनलाइन फर्म पनि भर्नु पर्ने हुन्छ । तर यो कुरा बुझ्नुहोला त्यहा गएर नाम दर्ता गर्दैमा तपाइँलाई वेबसाइट प्राप्त भने हुदैन, यस्ले तपाइको बन्न लागेको साइटको लागि एउटा नाम मात्र दिने हो । र व्यक्तिगत साइटको नाम चयन गर्नु पर्दा तपाइले आफ्नो नागरिकताको नाम वा थर सँग मिल्ने नाम छान्नु पर्ने हुन्छ, त्यसको लागि पहिले अरुले तपाइको नाम दर्ता गरिसकेको छ की छैन register.com.np मा गएर चेक गर्नु पर्ने हुन्छ । र सायद तपाइँलाई थाहा होला एउटै नाम दुइ जनाले लिन मिल्दैन, हरेकको फरक फरक नाम हुने गर्छ । र यदि तपाइले .com, .info, .me, .biz जस्ता नाम दर्ता गर्ने सोंच बनाउनु भएको छ भने कुनै डोमेन दर्ता गर्ने कम्पनि वा अनलाइन साइट बाट बार्षिक पैसा तिरेर गर्न सक्नुहुन्छ । यसको लागि कम्पनि अनुसार बार्षिक ६०० देखि १५०० रुपैया सम्म लिने गरिन्छ । र यी दुइमा फरक यति मात्र हो की एउटा लोकल समुदायमा केन्द्रित जस्तो देखिन्छ भने अर्को संसार भर, साधारण व्यक्तिगत प्रयोजनको लागि खासै फरक छैन । र अन्य धेरै कम्पनिहरुले नि:शुल्क डोमेन पनि उपलब्ध गराउछन जस्तै, .blogspot.com, .co.cc, .co.nr, .tk etc. अरु नामहरुको लागि तपाइँ आफै गूगल गर्न पनि सक्नुहुन्छ ।
तपाइँलाई एउटा अलमल हुन सक्छ, नाम दर्ता पहिले गर्ने की वेबसाइट बनाउने । जुन स्टेप पहिले गर्दा पनि फरक पर्दैन, तपाइँ पहिले वेबसाइट डिजाइन गरिसकेपछि पनि यो काम गर्न सक्नु हुन्छ । तर तपाइँले नाम दर्ता गर्नु भन्दा अघि सोंच पुर्याउनु पर्ने भने हुन्छ, सुहाउदो र सजिलो नाम राख्नु होला जुन आफुलाई भन्न र अरुलाई सम्झन सजिलो होस् ।
Copied from : http://www.emakalu.com/index.php?linkId=49

No comments:

Post a Comment