Pages

Thursday, April 19, 2012

मोबाइलले बिहे गरायो ४० वर्षीया बिमला र १७ वर्षीय रविनलाई


मोबाइलले बिहे गरायो ४० वर्षीया बिमला र १७ वर्षीय रविनलाई

यता मोबाइलबाट बिहे भयो, उता मोबाइल घन्टीले ज्यान लियो  

काठमान्डौ, ६ वैशाख । ‘चार महिना फोनमा गफ भएपछि ५ फागुनमा दोलालघाटमा भेट भयो,’ सागाचोक, सिन्धुपाल्चोककी ४० वर्षीया विमला पराजुलीले भनिन्, ‘विवाह गर्ने निर्णयपछि भेट गर्दा एकअर्कालाई हेरेर दुवै अचम्ममा पर्यौ  ।’
छोरीको भन्दा एक वर्ष कान्छो १७ वर्षीय रवीन विकसँग पराजुलीले दोस्रो विवाह गरेकी छन् । पाँच सन्तानकी आमा पराजुलीकी जेठी छोरी १८ वर्षकी छन् र स्थानीय विद्यालयमा कक्षा १२ मा अध्यनरत छिन् ।
वैदेशिक रोजगारीका सिलसिलामा पति विदेश गएपछि पराजुलीले दोस्रो विवाह गरेका हुन् । उनले आफू विवाहबाट खुसी भएको बताएकी छन् । उनले भनिन्, ‘पतिले बेवास्ता गरेकाले दोस्रो विवाह रोजे ।’
फुल्पिङडाँडा–१ का विकले भने, ‘मंसिरको पहिलो साता मोबाइलमा मिसकल आयो,’ नयाँ नम्बरबाट आएको मिसकल फर्काउँदा केटीको स्वर आएपछि मख्ख परेँ ।’
चार महिनासम्म फोनमा गफ भएपछि उनीहरू विवाह गर्न तयार भएका हुन् । ‘सुरुमा विवाह भएको छैन भनिन्,’ विकले भने, ‘अविवाहित भनेपछि फोनमा गफ लम्बिन थाल्यो ।’  फागुनमा विमलाले आफ्नो विवाह भएको बताएपछि विकले फरक नपर्ने बताए र विवाहका गर्ने निर्णय बदलेनन् । ५ फागुनमा दोलालघाटमा भेटेपछि उनीहरूले ६ फागुनमा काठमाडौंमा आएर विवाह गरेका थिए ।
पराजुलीका पति विदेशबाट फर्केपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरी गरेका थिए । उनैको उजुरीका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । विवाहबाट दुवैजना खुसी भएपछि पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भएको छ । पराजुलीले भनिन्, ‘मिसकलले जुराएको पतिसँग कुनै गुनासो छैन । विवाहबाट निकै खुसी छु ।’
यता बागलुङमा भने पतिका अगाडि अरू पुरुषसग मोबाइलमा कुरा गरेकै कारण रायडाडा–७ की पवित्रा सापकोटाले ज्यान गुमाउनुपरेको छ । २ वैशाखमा माइती अमलाचँरबाट घर फर्कने क्रममा सापकोटाको मोबाइलमा आएको फोनका कारण ज्यान गएको प्रहरीले बताएको छ ।
सापकोटा झुन्डिएको अवस्थामा मृत फेला परेपछि माइतीले पति श्यामले मारेर झुन्ड्याएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । ‘हत्या वा आत्महत्याबारेमा खुलेको छैन,’ असई शैलेन्द्र खड्काले भने, ‘मृत्युको कारण परपुरुषसग मोबाइल संवाद भएको खुलेको छ ।’

फोन आएपछि पतिले कस्को भनेर सोद्धा पवित्राले फुपूको छोरा भनेको र कुरा गर्न नदिएको पाइएको छ । त्यसपछि श्यामले पत्नीलाई बाटोमै कुटपिट गरेका थिए भने साझ घरमा त्यही नम्बरमा डायल गरेर आमालाई कुरा गर्न दिएपछि पवित्रा घरबाट निक्लिएकी थिइन् । उनको शव आइतबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

पोस्टमार्टममा झुन्डिएर आत्महत्या गरेको प्रतिवेदन आएको प्रहरीले जनाएको छ । तर, महिला अधिकारकर्मीले पतिको दुव्र्यवहारले अप्रिय निर्णय लिन उत्प्रेरित गरेको भन्दै कारबाहीको माग गरेका छन् । पवित्राका पति एक महिनाअघि मात्र भारत पन्जाबबाट घर आएका थिए । उनीहरूका एक छोरी र एक छोरा छन् । स्रोत : सौर्य दैनिक

No comments:

Post a Comment