Pages

Monday, March 05, 2012

समस्या - Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनु





Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनु

कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..
किन Drive नयाँ window मा खोलिन्छ त? यहाँ अबस्य पनि Virus अथवा अरु कुनैसमस्या आएर नै हो
यसलाई समाधान गर्ने तरिका
पहिलो उपाय : १ Start > Run > र यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्
२ ok गर्नुस् ।
३ तपाईंले यो message पाउनु हुन्छ
DllRegisterServ er and DllInstall in shell32.dll succeeded
४ बस तपाईंको समस्या अब समाधान भयो
दोस्रो उपाय :
१ Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।
२ अब HKEY_CLASSES_RO OT/Directory/ Shell मा जानुस्
३ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
४ अब HKEY_CLASSES_RO OT/Drive/Shell मा जानुस्
५ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
६ ok गर्नुस् ।
तेस्रो उपाय :
यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ ।
१ Start > Run > र यो टाईप गर्नुस् reg add hkcr\drive\shel l /ve /d none /f
२ ok गर्नुस् ।
आशा छ यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ ।

No comments:

Post a Comment