Pages

Tuesday, March 06, 2012

पूर्व लडाकुको बन्द आजपनि जारी, जिप तोडफोड


पूर्व लडाकुको बन्द आजपनि जारी, जिप तोडफोड


खाँदबारी, फाल्गुन २३ - बन्द अवज्ञा गरेको भन्दै माओवादीका पूर्व लडाकुहरुले मंगलबार संखुवासभा सदरमुकाम खाँदबारीमा एक जिपमा तोडफोड गरेका छन । खाँदबारी नगरपालीका ३ स्थित मिलन चौकमा महिन्द्रा पिकअप गाडी रोकेर तोडफोड गरिएको हो ।
तोडफोडबाट को १ त २८८६ नम्बरको विरेन्द्र भगत श्रेष्ठको भ्यान क्षतिग्रस्त भएको छ । बन्दकर्ताले चालक मनकुमार न्यौपाने र सहचालक नीरकुमार राईलाई कुटपिट समेत गरेको छ । गाडी मानेभञ्ज्याङवाट खाँदबारी आउँदै थियो । १० जनाको संख्यामा रहेका लडाकुहरुले गाडी भित्रै चालक र सहचालकलाई थुनेर तोडफोड गरेका थिए ।

No comments:

Post a Comment