Pages

Saturday, March 10, 2012

वेब साइट प्रकाशित गर्ने


वेबसाइट तपाइँको कम्प्युटरमा तयार भइसकेपछिको अन्तिम काम भनेको अनलाइनमा सबैले हेर्न मिल्ने गरि राख्ने हो अथवा तपाइँले अघि दर्ता गर्नु भएको डोमेन नेम टाइप गर्दा भेटिने बनाउने हो जसको लागि तपाइँले FTP को प्रयोग गर्नु पर्ने हुन्छ जस्ले तपाइँको कम्पुटरमा भएका फाइलहरुलाई अनलाइनमा ट्रान्सफर गर्न सहयोग गर्दछ जसको लागि तपाइँले अनलाइनमा नि:शुल्क उपलब्ध हुने FileZiella, Cute FTP सफ्टवेरहरु डाउनलोड गर्न सक्नुहुन्छ ति सफ्ट्वेअर डाउनलोड गरिसकेपछि तपाइको होस्टिंग कम्पनिले दिएको प्रयोगकर्ता नाम पासवर्ड प्रयोग गरेर सर्वरको स्पेसमा कनेक्ट गर्न सक्नुहुन्छ, त्यसपछी तपाइले आफ्नो कम्प्युटरमा बनाएर राखेका फाइलहरु एक-एक गर्दै सर्भरमा हाल्न पाउनुहुन्छ यति गरिसकेपछि ब्राउजरमा गएर तपाइँको डोमेन नेम टाइप गर्यो भने तपाइले बनाएको साइट अनलाइनमा खुल्नेछ
यसरि तपाइँको साइट बनाएर लाइभ गर्ने काम सकिन्छ त्यसै गरि पुन तपाइले आफ्नो साइटलाई लगातार अपडेट पनि गरिरहन सक्नुहुन्छ नयाँ-नयाँ कुराहरु साइटमा राख्नाले तपाइँका दर्शकहरु तपाइँका कुराहरु हेर्न, पढ्नका लागि फर्की-फर्की तपाइँको साइट भिजिट गर्न आउने छन् आशा यी स्टेपहरुबाट तपाइँले आफ्नो पर्सनल साइट बनाउनका लागि केहि मद्दत मिल्ने कतिलाई यी स्टेपहरु अलिकति अलमल लाग्ने खालका पनि होलान काम गर्दै जाँदा धेरै समस्या पनि देखा पर्लान यो एकै दिनमा सिकिने गर्न सकिने कुरा पनि होइन, शुरुमा भने जस्तै अलीकति समय धैर्यता भने पक्कै पनि बनाउन सक्नुहुने
Copied from : http://www.emakalu.com/index.php?linkId=49

No comments:

Post a Comment