Pages

Thursday, March 15, 2012

बाख्रा पैंचो कार्यक्रमले जीवनस्तर उकास्यो


Name
संखुवासभाको जलजला गाविसका २४ कृषक परिवारले बाख्रापालनबाटै जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूले बाख्रापालनबाट वार्षिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन् ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले प्रतिपरिवार ५ वटा बाख्रा वितरण गरेपछि उनीहरूलाई जीविकोपार्जन सहज भएको हो । जलजलाका २४ परिवारको समूहमध्ये आठ परिवारलाई पाँचवटाका दरले माउ बाख्रा र पाठी वितरण गरिएको छ । आर्थिक अवस्था न्यून रहेका जलजलाका राई र सुन्दास परिवारलाई बाख्रा पैंचो दिइएको आरआरएनका समुदाय सहयोग कार्यक्रम संयोजक वसन्त भण्डारीले जनाए ।
जोडी पाठा लिएपछि जलजला–६ का आशमाया राईले अहिले दर्जनभन्दा बढी बाख्रा बनाएकी छिन् । उनले वार्षिक २५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन् । जलजला–६ कै हर्क सुन्दास र इन्द्रकुमारी राईले पनि बाख्राबाट राम्रो आम्दानी गरेका छन् । पेसा सरल र सहज भएकाले अन्य काम गर्न सहयोग मिल्ने उनीहरूको भनाइ छ । चार गाविसमा बाख्रा पैंचो कार्यक्रम सञ्चालन गरेपछि स्थानीय कृषक हर्षित भएका छन् । यो कार्यक्रम सञ्चालनमा प्रतिपरिवार करिब १४ हजार रुपैयाँका दरले १ लाख ५० हजार लगानी गरिएको छ ।
यसमा जिल्ला पशु स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग गरेको जनाइएको छ । पैंचो कार्यक्रममा पहिलो वर्ष २४ परिवार समूहका आठ परिवारलाई र दोस्रो वर्ष पाठा पुनः समूहका अन्य आठ परिवारलाई वितरण गर्ने र तेस्रो वर्ष पूरा गर्ने लक्ष्य लिइएको छ । पैंचो कार्यक्रममा पाएका बाख्राबाट जन्मिएका पाठा बर्सेनि फिर्ता गर्नुपर्ने नियम छ । यसले दुई वर्षभित्र चार गाविसका सबै परिवारमा बाख्रा पु¥याइसक्ने नीति लिइएको छ । उन्नत जातका बाख्रा ल्याएर सुरु गरिएको व्यावसायिक बाख्रापालनले कृषकको जीवनस्तर उकास्ने भन्दै पशु सेवा कार्यालय र संस्थाहरूले पर्याप्त लगानी गरेका हुन् । सदरमुकाम र ग्रामीण क्षेत्रमा दैनिकजसो खसीको मासुको अभाव छ ।
युवाहरू विदेश पलायन भएका र उन्नत जातका बाख्रापालनमा ध्यान नदिएबाट यो अभाव भएको हो । दुई वर्षभित्र सदरमुकाम र ग्रामीण क्षेत्रमा पर्याप्त खसीको मासु आपूर्ति हुने मत्स्यपोखरी–२ का बाख्रापालक कृषक खड्गबहादुर गुरुङ बताउँछन् । यहाँ खसीको मासु प्रतिकिलो २ सय रुपैयाँमा किनबेच हुन्छ । मासु खाने उपभोक्ता दिनदिनै बढेका तर बाख्रापालनमा ध्यान नदिएबाट यो अभाव भएको उपभोक्ताको भनाइ छ । कार्यक्रमले अभाव पूर्ति गर्ने भन्दै आगामी वर्ष पनि पैंचो कार्यक्रम सञ्चालन गरिने सरोकारवालाले बताएका छन् । 

No comments:

Post a Comment