Pages

Saturday, March 10, 2012

Web design - वेब डिजाइन


यो एउटा महत्वपूर्ण स्टेप हो, जसमा तपाइले आफ्नो सम्पूर्ण सुचनाहरुलाई तपाइँका दर्शकहरुले सजिलै हेर्न सक्ने गरि मिलाएर राख्नु पर्ने हुन्छ जसमा तपाइँले केहि केहि बिशेष कुरा दिनु पर्ने हुन्छ जस्ले गर्दा तपाइँका साथीभाइहरुलाई तपाइँको साइट हेर्न मन लागोस जस्तै फोटो ग्यालरी, भिडियो, फोरम, ब्लग, केहि बिशेष जानकारी, अनुभवहरु अनि यी सबकुराहरुलाई राख्नका लागि एउटा आफ्नो साइटको आकर्षक लोगो, आफ्नो व्यक्तिगत पहिचान सुहाउने रंगहरुको कम्बिनेसन, सजिलो खालको न्याभिगेसन, चिटिक्कको लेआउट बनाउनु सक्नुहुन्छ तर यी सबैकुरा बनाउने कसरि ? यसको लागि तपाइँले माइक्रोसफ्टको फ्रन्ट पेज, एडोबीको ड्रिम वेभरको प्रयोग गर्न सक्नुहुन्छ वा अनलाइनमा उपलब्ध हुने नि:शुल्क डेभलपर टुल पनि प्रयोग गर्न सक्नुहुन्छ अरु टुलहरुमा तपाइँले गूगलको ब्लगरमा खाता खोलेर त्यसलाई पछि आफ्नो डोमेनमा जोड्न पनि सक्नुहुन्छ, जहा तपाइँलाई नि:शुल्क आकर्षक थिमहरु पनि उपलब्ध हुन्छन जस्ले तपाइँलाई साइट बनाउने झन्झटबाट मुक्ति पनि दिन सक्छ
Copied from : http://www.emakalu.com/index.php?linkId=49

No comments:

Post a Comment