Pages

Saturday, March 10, 2012

सामना राष्ट्रिय जागरण अभियानले सस्कृतिक कार्यक्रम प्रस्तुत


खाँदबारी फाल्गुन २६ विसर्जनवाद र आत्मसर्मपणवाद विरुद्ध संर्घष गरौ, जनताको संघीय गणतन्त्र स्थापनाको दिसामा अघि बढौ भन्ने मुलनाराका साथ सामना राष्ट्रिय जागरण अभियानले संखुवासभाको तुम्लिङ्गटारमा सस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ ।बिजय साम्पाङ्गको नेतृत्वमा आएको २१ जना कलाकारको टोलीले व्याङ्गगात्मक तथा जागरणमुलक गित संगित, खबरदार शिर्षकमा नाटक प्रस्तुत गरेका थिए । सो अवसरमा एकिकृत नेकपा माओवादी जिल्ला ईन्चार्ज राजेन्द्र किरातिले देशको समसामयिक राजनितिक बिषयमा धारणा राख्नु भएको थियो ।कार्यक्रममा जिल्ला सहईन्चार्ज राजेन्द्र कार्की, जिल्ला सेक्रेटरी आर पि किराति, नगर ईन्चार्ज दिव्य बराल लगायतको उपश्थिति रहेको थियो । जिल्लाको ९ स्थानमा कार्यक्रम प्रस्तुत गरेको सामना परिवारले भोजपरको बिभिन्न ठाउमा पनि कार्यक्रम पस्तुत गर्ने जनाएको छ ।

No comments:

Post a Comment