Pages

Monday, May 21, 2012

कसको साथमा छ समाज ।


कसको साथमा छ समाज ।

Posted on  
“मुसलानको नानी भन्छन । उ कर्काको देशवाट बोकेर ल्याको बाटोभरी नचाएर हिड्छे भन्छन । कति भन्छन भन्छन । सहनु परो नी । बाच्नु परेको छ । खै मर्न पनि सकिदो रहेनछ त के गर्नु ।”
लामो भलाकुसारी पछी देवीमायाको यसो भन्दा मेरो आखाका डिलमा आसु पुग्यो । आखा झिमिक्क नगरी भित्र भित्रै आसुलाइ लुकाए । किनकी उनको कमजोर मनलाइ मेरो आसुले अझ कमजोर वनाउछ भन्ने लाग्यो । हुन त मैले नै उनको जिवनमा आइपरेको घटनाका बिषयमा विभिन्न प्रश्न गरी जबाफ खोतलीरहेकी थिए । तर पनि कता कता धक फुकालेर प्रश्न गर्न सकेकी थिइन । किनकी मेरा प्रश्नले अझ उनको सुक्न लागेको घाउ आलो वनाउन बल दिन्थ्यो । उनी पनि केही हुन्छ कि वच्चाको उपचारका लागि सहयोग पो मिलिहाल्छ की भन्ने आसा लिएर नधकाइ प्रश्नको जवाफ दिइरहेकी थीइन । हुन पनि उनी खुलेर समाजमा हिड्न सक्छिन न त कसैलाइ सहयोगको आग्रह नै गर्न सक्छिन ।
पौरखी नेपालकी सारदा मास्केले देवीमायाको घर सम्म पुग्न सहयोग गरिन । उनको घरमा हामी पुग्दा देवी माया भरखर मेलोबाट घर आइकी थीइन । उनले लगाएको कुर्ता सुरुवालमा कुरै कुरो टासीएको थियो । खुट्टामा माटै माटो थियो । कम्मरमा नानी च्यापेर नमस्ते गरिन । हामीलाइ वस्न आग्रह गदै थात्रो मुढा हाम्रो अगाडि राखिन । उनको घर सुनसान थियो । उनी वस्ने कोठामा एउटा रातो साडि झुन्डीएको थियो । खाटमा पुराना लुगाहरु थिए । घर हेर्दा कोही मान्छे वस्छन जस्तो लाग्दैन थियो । 
उनको घरको बरन्डमा वसेर कुरा गर्न थाल्यौ। उनी पनि विस्तारै विस्तारै खुलेर वोल्न थालिन । साढे एक वर्षकी छोरीलाइ काखमा लिएकी थीइन उनेले । बेला बेला उनको छोरीले देवी मायाको मुखमा मुसादै आ आ आवाज निकाल्थिन । मैले नानीलाइ वोलाए अगाडिको उम्रीएको चारवटा देखाएर मुसुक्क हासिन मात्र । त्यतिकैमा देवीमायाले भनिन “हिड्न वोल्न सक्दिन ।” म निशब्द भए ।
कुरा हुदा हुदै उनको घर छेउवाट छिमेकी दिदी आइन । कुरा गर्न अप्ठ्यारो लाग्यो । म एकछिन चुपचाप वसे । देवी मायाले सोध्नु न उहाको अगाडि बात मार्दा हुन्छ भनीन । छिमेकी ती दिदीले भनिन “यसले नपाउनु दुख पाएकी छे । सुत्केरी जिउमा त कति कुटाइ खाइ खाइ । ” देवीमायालाइ गाउ नै उल्टेर आएर कुटेका रेहेछन । गाउका छिमेकीसग उनको वोलचाल नै छैन । एक दुइ जना वुझ्नेले भने उनको साथ दिएका रहेछन ।
देवीमायाले पारिवारिक दवावका कारण खाडि देशमा काम गर्न गएकी हुन । शुरुमा उनी साउदी गइन । त्यहा डेढ बर्ष बसिन । कमाइ पनि राम्रो भयो । बिदेश नजाने मनसाय लिएर उनी घर फर्कीन । तर सासु ससुरा र श्रीमानको दवावले फेरी उनी विदेशिन वाध्य भइन । भारतको बाटो हुदै उनी कुवेत गइन । घरवेटी पनि राम्रो थियो । कमाइ पनि ठिकै थियो । कमाएर पैसा घरमा पनि पठाइन । तर एक दिन वेलुका दोकानमा जानु पर्ने काम पर्यो । त्यति वेला रातको १० वजेको थियो । बाटोमा फूलका ठुला ठुला झ्याङहरु थिए । त्यहा उनी लुटिइन । त्यो पुरुषले कराइस भने तलाइ मारिदिन्छु भन्यो । उनी वाटोमा यसरी वलात्कृत भइन । घरमालिकहरुले गालि गर्लान भन्ने डरका कारण उनले यो घटना सुनाइनन । चुपचाप वसीन । घटनाका विषयमा उनले बिदेशमा रहेका श्रीमानलाइ सुनाइन । श्रीमानले पनि नआत्तिनु भनी सात्वना दिए । तर दिन दिनै उनको पेट देखिन थाल्यो । दुइ जिउकी छस की के हो भनेर मालिकनी सोध्दा होइन मोटाएको भनेर टारिन । तर जति ढाटे पनि आखिरमा थाहा भयो । अन्तत उनलाइ नेपाल फर्काइयो ।
नेपाल फर्केको एक हप्तामा माइतिमा उनले छोरी जन्माइन । नानी जन्मेको तीन महिना पछि श्रीमानको घर गइन । सासुले एक दुइ दिन त राम्रो गरिन । समय वित्तै गएपछि सासुले कुटन थालिन। । खान दीइनन । देवीमायाले कति दिन खाना समेत पाइन । धुर पसेका गाउलेबाट त उनले कुटाइ खाएको गन्ती नै छैन ।
कसैको साथ सहयोग नपाएकी देवी मायाले कसरी दिन काटिरहेकी छिन त्यो यहा वर्णन पनि गर्न सकिदैन । अन्त्यमा उनलाइ र उनकी छोरीलाइ छोडेर सासु ससुरा त्यहावाट वसाइ सरे । आठ वर्षको उनको छोरो पनि साथमा लगे । भएको जग्गा जमिन सव सासु ससुराले वेची दिए । घर मात्र वाकी छ । त्यो पनि विक्रि भएमा वेच्ने कुरा छ । घर छोडेर जादा भाडा कुडा र लुगाफाटा ओढ्ने ओछ्याउने सव लगे । एक गेडा अन्न पनि छोडेनन उनीहरुले । दयालु एक छीमेकी दिदीको सहयोगले छाक टारिन । अहिले पनि उनलाइ छाक टार्न समस्या छ । छाक टार्नका लागि बनी गर्न जान उनको इच्छा छ । तर उनलाइ कसैले काममा लाउदैनन । सहयोगी हातहरु भए छोरीको उपचार गरिदिए हुन्थ्यो भन्ने देवीमायाको चाहना छ ।
पेटमा भएको बच्चा खोलियोस भनेर कुवेतमा हुदा मालिकनीको औषधि चोरेर देवीमायाले खाइन । त्यसैको असरले उनको छोरीका खुट्टाहरु लुलो छन । राम्रो वोल्न र हीड्न पनि सक्दिन । गाउका छिमेकीहरु उनको घरमा पनि आउदैन । उनीसग सव रिसाउनु कारण भनेको विदेश जादा छोरी जन्माउनु । यसरी बाउविनाको छोरी ल्याउदा गाउका छोरी बुहारी पनि विग्रन्छन भन्ने गाउलेको सोच रहेछ । परिवार र आफन्तको इज्यत गयो रे । टाउको उठाएर हीडन गाह्रो भयो रे । गाउको इज्यत गयो रे भन्ने आरोप रहेछ उनी माथी । गाउलेले उनलाइ सहयोग गर्नको साटो उल्टो घाउमा नुन चुक मात्र लगाउने काम गरे । खै कहा गए यस्ता पिडितहरुको पक्षमा काम गर्ने सस्थाहरु ।
जनगणना २०६८ सालको प्रारम्भिक नतिजा अनुसार २ लाख भन्दा बढि नेपाली महिलाहरु वैदेशिक रोजगारमा गएका छन । त्यस मध्ये बढिजसो खाडि मुलुकमा गएका छन । खाडि मुलुकमा जाने ९० प्रतिसतले भारतको बाटो प्रयोग गर्ने भएकाले बढि महिलाहरु खाडि मुलुकमा छन । लैगिक समानता र महिला शशत्तिकरणका लागि राष्ट्रिसंघिय निकायले डेढ वर्ष सम्म गरेको समिक्षाका अनुसार खाडि मुलुकवाट ८६ जना महिला गर्भवति भएर फर्केका छन । ३२ जना महिलाले वच्चा ल्याएर आएको तथ्याङक छ । गाउ गाउवाट अझै पनि भारतकोबाटो हुदै खाडी देश जाने क्रम रोकिएको छैन ।
नाम परिवर्तन गरिएको छ । ठेगाना खुलाइएको छैन ।.



Thanks for Reading this story.

No comments:

Post a Comment