चियर्स को आवाज सगै हुस्कीको प्याक भएका ग्लास आपसमा ठोकिएर झ्याम्मको आवाज आयो । उसले आधा ग्लास पहिलो पटकमा नै पारेर स्वाट्ट पारेर भूइमा राखी । मेरो राम्रै सग खाने वानी भए पनि आज म ऊ वारे थाह पाउने अर्थात उसको जीवनी थाह पाउने उद्देश्य राखेर उसलाई जालमा पार्न आएको हुदा मैले ग्लासको डिल मुख सम्म पुर्याएर फर्काए । जिव्रोमा लागेको को न ह्विस्कीको नमिठोपन फ्याक्न उसले छेउको प्लेटवाट सितन टिपेर मुखमा हाल्दै भनी "खै तपाईले त खानु भएन त ?"
नया अनुभूतिको रसास्वादन गर्ने ध्याउन्नले मलाई ग्लासवाट निस्केको गन्ध नाकले थाह पाएको भए पनि जिव्रो नियन्त्रण गर्न कठिन भइरहेको थियो । तर पनि मेरो उद्देश्य अनुसार मैले आज मादकतामा डुवेर समय विताउने विचार त्यागेर उसलाई ढाट्नु नै पर्ने थियो । एक मनमा पक्राउ खाने डर पनि भयो । तर मलाई थाह छ उसका लागि आज म उसलाई भोग्न गएको ग्राहक हो । उनीहरुले सवै ग्राहकको ईतिहास कहा थाह पाएका हुन्छन् र ? तर पनि यदि मेरो अनुहारमा ह्विस्की प्रतिको अनुराग दखियो भने ? म अलकति शसकित भए तर यती ज्ञान हुदो हो त ऊ कुनै ठूलो ठाउमा कुनै काम गर्दै हुन्थी यहा किन आउथी ? मैले आफू प्रति आश्वस्त हुन मनमनै तर्क निकाले र मनले ह्विस्कीलाइ स्वागत नै गरेको भए पनि मुखले ऊसलाई टार्ने प्रयास गरे "मलाई हुस्कीले दिन भरी टाउको दुखाउछ । त्यसैले तिमी खाउ ।"
मैले उ प्रति गरेको अनुमान गलत सावित भयो । उसले मेरो अनुहार तिर अलकति पनि चासो नदेखाई भनी " लोग्ने मानिसहरु स्वास्नीमान्छेका अगाडी कति स्वाङ पार्छन हगि ?" मैले अनपेक्षीत प्रश्नको सामना गर्नु परेकाले म केहि हच्किए । तर एकै छिनको सोचाई पछि मेरो अन्तरमनको सहज ज्ञानले भन्यो "हरेक महिलाको पुरुष प्रति हुने अलग अलग धारणा मध्ये यो पनि एक हो । यसमा शँका भन्दा अविस्वास वढी छ ।"यो ज्ञानको उदय पछि मैले उसको अविस्वास भगाउने प्रयास गर्दै भने "म त तिमीसग हराउन चाहन्छु किन स्वाङ पार्नु पर्छ र ?"
"अ……तपाईको नाम सोधेको छैन मैले । नामले वोलाउ कि अरु नै केहि भनौ ?" पुरानो प्रसगले ठाउ छोडी सकेको थियो । वास्तवमा अहिले सम्म हामीले नाम साटासाट गरेका पनि थिएनौ । मलाई यो उमेरका मान्छे खास गरी महिलाले नामवाट वोलाएको मन पर्दैन । त्यसैले नाम भन्नुको सट्टा भनिदिए " जे भने पनि हुन्छ । मन लागे अनुसार वोलाऊ ।"
"हाम्रो जहा भेट भए पनि भन्न सक्ने गरी वोलाउ ?"
"हाम्रो वारवार कहा भेट हुन्छ र ? मैले तिमीलाई वोलाउन स्वतन्त्रता दिएको छु ।" म उदार वन्दै गए । यो मेरो आफुले गर्नु पर्ने कामलई सजिलो वनाउने एक उपाय पनि थियो ।
"त्यसो भए म श्रीमान् भनेर वोलाउछु । त्यसो भए हाम्रो भेट पनि भै रहन्छ र मलाइ जहासुकै वोलाउन पनि गारो हुन्न ।"
हठात आउको प्रतक्रीयाले म हतप्रभ भए । मैले यस प्रकारको स्थितीको कल्पना पनि गरेको थिइन ।एउटी वेश्याले मलाइ लोग्ने भन्ने ? मैलै एकै क्षणमा ऊसगको सहयात्रामा हामीलाइ पछ्याउने आखाहरुको सख्या र प्रतिक्रीयाहरुको गुन्जनको कल्पना गरे । म कहालिए । उसले मलाइ चिन्दिन भन्ने तर्क दिने मनले उसलाइ दुनियाले चिन्दैन भन्ने तर्क दिन सकेन र अझै साचो शव्दमा भन्दा मैले आफ्नै मनलाइ मात्र कावुमा राख्दा हुने कुरा समेत अनुमान गर्न सकिन । म अवाक भए ।
"हि…हि…हि…" ऊ मलाई हेरेर हास्न थाली । म सरमिन्दा पनि भए । मैले आजको मेरो उद्देश्य थाती राखेर कुलेलम ठोक्न उपयुक्त ठाने । उठेर ढोकाको चुकुल खुस्काए र उसको मनोभाव वुझ्न उतिर फर्किए । ऊ मलाई हेरेर मुस्काइरहेकी थिई ।"डराउनु भयो कि के हो ? आइमाइ कातर भन्नुहुन्छ तपाई लोग्नेमानिसहरु तर तपाई पो कमजोर देखिनु भो ।" उसको वोलीले मेरो र मेरो पुरुषत्व माथी नै धावा वोलेको अनुभूति भयो । म वस्नु र जानुको दोसाधमा परे ।" यति कुराले आजको तपाईको म सग हराउने चाहना त्यत्तिकै मार्नुहुन्छ त ?आउनुस म तपाईलाई तपाईको नामवाट वोलाउछु ।" म डराए पनि मेरो त्यहा वस्नुको ओचित्य समाप्त भै सकेको थिएन । उसको कुरावाट मैले अभयदान पनि पाई सकेको थिए । उसको अनुहारमा मप्रति देखिएको सहानुभूतिको रुपरेखा र मेरो अन्तरमनको अस्तित्वोधले समेत मलाई वस्न प्रेरित गर्यो । म फर्किए ।
+++
" अरु अलिकति थप्नुस है ?" कोठामा मेरो पुनरागमन पछि म ह्विस्की नखाने आफ्नो अडानमा कायम रहन सकिन । मलाई मेरो वानीले भन्दा पनि उसको गरुङ्गो तर्कले पिउन वाध्य पारेको थियो । नचाहिकन पनि पहिलो प्याक समापनको साँधमा थियो । उसले थपेको एक प्याक लिन आवस्यक भयो । मैले अहिले पनि मेरो मनसुवा त्याग गरिसकेको थिईन । त्यसैले धेरै थप्ने मुढमा पनि म थिइन । थप्दा दुई कुरा हुन सक्दथ्यो या त उसले चाहि मेरो जिवनी थाह पाउथी या मेरो मनमा वेइमानीले जरो गाड्न सक्दथ्यो । "तिमि पनि थप उर्वसी …" मैले उसलाइ फुर्काउन अप्सराको नाम सापट लिएर भने ।
उसले मन नपराए झै गरी "किन उर्वसी भन्नु भएको ?"
"मलाई यो नाम राम्रो लाग्छ अनि तिमी राम्री पनि छ्यौ ।"वास्तवमा ऊ त्यस्तो राम्री पनि हैन र मलाई त्यो नाम राम्रो पनि लाग्दैन । हामीले फेरी पनि अहिले सम्म नाम नभनी "तिमी" र "तपाई" वाट काम चलाउदै थियौ र कुरा वढाउन नामको जानकारी हुदा सजिलो हुन्थ्यो । आत्मिय व्यवहारवाटै उवाट मैले कुरा खुस्काउनु थियो ।
शायद मेरो तर्कवाट ऊ सन्तुष्ट भई । "तपाईको नाम चाहि के हो नी "
"वसन्त" मैले आफ्नो पुन न्वारान गरे । कसैले मलाइ यिनीहरुकहा जादा आप्नो परिचय दिनु हुन्न भन्ने सिकाएको थियो । कुनै कारणले भन्दा पनि उक्त कुराको स्मृतीले मेरो जिव्रो चलायो ।
उ फेरी पनि हासी । उसको हासोले मलाई शसकित वनायो । मलाई हेरी उसले र मेरो मनको अन्तर द्वन्दलाइ वुझी शायद।
"नआत्तीनुस है । आज हामी तपाईको शव्दमा एकापसमा हराउछौ । तर यति नाम ढाट्नु पर्छ र ?" म अझ गले । वास्तवमा उसको कुरा थाहा पाउन कठिन हुने थाह पाएको भए म यहा शायदै आउथे । उसले थाह पाएर भन्दा पनि यहा आउने आम मानिसको व्यवहारको कारणले मैले नाम ढाटेको अनुमान लगाएको हुनुपर्छ । वास्तिवकता जे भए पनि उसका कृयाकलाप र कुराले मलाइ अझ निरिह वनाई रहेका थिए । म यहा आउदा "दवित र विवश मानसिकताले वसेको भाव शुन्य एउटी आइमाइलाइ केहि आत्मीय कुरा गरेर उसलाइ उचाल्ने र उसका कुरा थाह पाउने" सरल योजना वनाएर आएको हु । अझ भन्दा उनीहरुमा सवेदना हुने कुराको कल्पना सम्म पनि मैले गरेको थिईन । उसको प्रस्तुतीले मलाइ मेरो लक्ष्य भन्दा पर लगेको अनुभव भै रहेको थियो । थपेर भन्दा यसले मेरो वास्तिवकता थाह पाएर वाहिर लैजाली भन्ने चिन्ता लाग्न थाल्यो ।अव मैले ह्विस्की नथप्नु पर्ने कारणको सख्या तीन पुगेको थियो ।
+++
हामी दुवै क्षमता तथा चाहना र योजना मुताविक रक्सीन र गफिन थाल्यौ । यस अवधिमा कुनै अप्रिय कुरा भएन । अचानकको हावाले ढोका खुल्यो ।ओछ्यानको तन्दा विगार्यो ।मैले अघि वाहिर जान लागेको वेलामा खोलेको चुकुल वन्द गर्न विर्सेछु । चुकुल लगाए । विछ्यौना मिलाउन थाले ।
"छाडिदनुस म मिलाउछु ।"उसले म तर हेर्दै भनि ।
" भै हाल्यो नी मैले मिलाए । जसले मिलाए पनि एउटै हो ।"
" मिले पछि त एउटै हो । तर तपाई पुरुषको र म महिलाको भुमिका निर्वाह गरौ । त्यो नै राम्रो हुन्छ ।फेरी आज त तपाई मेरो पाहुना पनि हो ।म तपाईलाइ काम गराउन चाहन्न" उसले मलाई उ प्रति आकर्षित गर्न खोजेकि हो वा वास्तविक कुरा गरेकी हो वुझ्न कठिन भयो ।
" यहा कोहि पाहुना हैन । म खास उद्देश्यले आएको छु र तिमी खास कारणले यहा वसेकी छ्यौ । त्यसैले खास कुरामा वाहेक हामी वरावर छौ ।" मैले मेरा लागि पनि र उसले वुझ्ने अर्थमा पनि मिल्ने कुरा राखे ।
"ओहो… तन्दा तपाईले मिलाउदैमा हामी कसरी वरावर हुन सक्छौ ? हामीलाइ समाजले लगाई दिएको भिन्नताको वारमा अल्झी रहेका छौ । "तपाई" शव्द प्रयोग गरेर म तपाईलाइ उच्च स्थानमा राखी रहेकी छु र तपाईले मलाई तिमी भनेर महिलालाई पुरुषको भन्दा कम महत्वको स्थानमा राख्नु भएको छ । हामी एकापसलाई भोग्न तयार भएर वसेका छौ तर पनि वेग्लै मानसिकतामा छौ । मानसिकरुपले नै पो वरावर हुनुपर्छ शव्द अथवा एउटा काम गरेको देखाएर समानता प्राप्त हुन्छ र ?"
नारी पुरुषविचको समानताको अर्थ खोज्ने मेरो आजको उद्द्श्य हैन। त्यसैले मैले विषयमा उसको कुरालाई नै सहि थापेर प्रसङ्ग आफ्नो सरोकार तिर लान खोजे ।
"त्यसो हो भने तिमी परम्परावादी हौ ।"
"म परम्परावादी भए मागेर खान्थे तर तर यो पेशामा आउथे र ?"
"तिम्रो वाध्यता हुन सक्छ ।"
"मेरो चाहना पनि त हुन सक्छ।"
"कसरी ?"
+++
"मेरा वावु आमाले मलाई नर्स वनाउन चाहन्थे । त्यसैले मलाई एस एल सी को परिक्षा पछि साइन्स पढाउन चाहन्थे । तर म सानै देखि मोडलीङको क्षेत्र तर्फ आकर्षित थिए । म त्यता लाग्नु स्वभाविक थियो । हाम्रो विचमा छनौटको लागि द्वन्द चल्यो । तर मोडिलङको लागि कुनै छुट्टै अध्ययनको विषय नभएकोले मैले कमर्स पढेर मोडलिङलाई अगाडी वढाउने प्रयत्न गरे । मोडलिङको कार्य पनि अगाडी वढेको थियो । मेरो मोडलिङको कार्य सुरु मए पछि घरमा यव कुरा थाह भयो । घरवाट आउने सहयोग समाप्त भयो । मैले आफ्नो लागि धान्न सक्ने गरी चल्नु थियो । पछि एउटा ठूलो अफर प्राप्त गर्न मैले आफ्नो कुमारीत्व वाजीमा राखे तर वाजी मेरो अनुकुल भएन । मैले विदेश गएर केहि गर्नै कोशिश गरे । त्यहा एक जना प्रशासकले मोडिलङमा राखेको दामको डिमान्ड गरे । मैले दाम तिरे पछि फेरी उनले मलाइ भेट्न चाहेनन् । उनी नैतिकवान रहेछन । पछि केहि कम्पेन्सेसन पठाएका थिए । तर मेरो स्वाभिमानले त्यो लिन मानेन र फिर्ता गरी दिए । उनीहरुको क्रीपावाट पछि व्युटी पार्लर खोलेमा सहयोग पाउने आश्वासन आयो । तर लगानीकर्ता उनीहरुले नै खोजी दिएका थिए । लगानीकर्ताको लागि दिनु पर्ने मुल्य उनीहरुले नभने पनि मैले वुझेकी थिए । मैले सोचे त्यति मुल्यमा त म उनीहरुलाइ जे पनि गराउन सक्छु । त्यसैले म यता तिर लागे । कपिलजि तपाइलाइ अरु केहि वुझ्नु छ कि ?" उसले मेरो वास्तविक नामवाट वोलाएकीले म छागावाट खसे जस्तो भए । उसले कसरी मेरो नाम थाह पाई र ? मेरा लागि अव सवै सकिइसकेको थियो । कदाचित उसले मेरो पोल समाजका अगाडी खोली दिई भने ? म अत्यासमा परे । अव त म भाग्न पनि सक्दिन थिए वरु उसलाइ फकाएर यो दिनको कुरा सधैको लागि विर्सन लाउन सक्थे । यसका लागि मैले अरु केहि समय उसग विताउनु पर्ने भयो ।
म अवाक रहेको देखेर उसले भनि "कता हराउनु भयो तपाई ? डर लाग्यो ? नडराउनुहोस यहा आउनेको परिचय हामी खुलाउदैनौ । र सेवाग्राहीलाइ यथासक्य सन्तुष्टी दिनु हाम्रो धर्म हो । तपाई यहा आउनुको कारण मैले थाहा अनुमान गरेकी थिए । अलग अलग पेशावाट आउनेको व्यवहार अलग हुन्छ । जस्तो कोही लोभ देखाउने केहि फुर्ती देखाउने कोही भलाद्मी वन्ने आदी । तपाइले महशुस गर्नु भएको छ ? प्रशाशक प्रहरी राजनीतिकर्मी वा कलमजिवी सवैको अलग अलग वानी हुन्छ । तपाई वलात्कार गर्न सक्नु हुन्न । आउनुहोस मेरो मन्जुरी छ ।" यति भन्दै ऊ अँगालो फिजाएर म तिर आई । पेशामा लागेकालाई पनि वलात्कार हुने अनौठो कुरा सुने मैले ।
" वास्तवमा वास्तिवकता वुझ्नु नै मेरो आजको काम हो । मलाई अरु कुनै तृष्णा छैन ।तर उर्वसी कस्तो वलात्कार ?"मैले उसको अष्पस्ट कुरा खुलाउन अनुरोध गरे ।
" मेरो ईच्छा विरुद्ध तपाईको हतियार अथवा कलम प्रयोग नगर्नु होला । यो नै वलात्कार हो ।"
उसले स्पष्ट पारी " मेरो व्यथालाई कथा वनाएर नवेच्नु होला ।" म वचनवद्ध हुन सकिन । यसवाट कुरा मोढ्ने प्रयत्न गरे "कथा सुन्दा अनौठो लाग्छ तर तिमी जस्ता महिला सडकमा पनि त छन् नी ?"
" सवैले आआफ्ना क्षमता अनुसारका सपनाका लागी मुल्य चुकाएका छन् ।कसैले विवाहको सपना पूरा गर्न कसैले दुधमुखे छोराको भोक टार्न वा कसैले सपनाको रगिन दुनीमा पुग्न ।"मैले वुझेको व्यवस्था र उसले वुझेको ससारमा कतै तालमेल थिएन । ईमान्दारिता नैतिकता र सहृदयताके उसले मैले भन्दा छुट्टै किसिमले परिभाषित गरिसकेकी थिई । सँसार वुझ्ने र भोग्ने विषयको अवधारणा तथा प्रकृयाका वारेमा ऊ र म विच टाढाको सम्वन्ध पनि थिएन । सम्वन्ध नहुनु मात्र हैन विपरित अवधारणा रहेको थियो ।
मैले उसलाइ यस्ता समुहका मानिसको प्रतिनिधि पात्रको रुपमा लिए ।मैले उसलाइ थप सोध्ने प्रयास गरे ।"तिमीलाई कसैले राम्रो नमान्ने कामलाइ पेशा वनाएकोमा ग्लानी हुन्न ?"
मेरो प्रश्नमा उ हासी र भनी " यसमा ग्लानी हुनु पर्ने के कुरा छ ? आफ्ना विचार मात्र सहि ठानेर अरुलाई निर्णय लाद्ने वास्तविकता भन्दा पर रहेर कुरा गर्ने समयमा कसैको कुरा नसुन्ने र समय पछि दार्शनिक कुरा गर्ने कुरा सिद्धान्तका गर्ने र व्यवहार अर्को गर्ने अथवा कर्तव्य विपरित कुनै न कुनै वहानामा कर्तव्यच्यूत भई आम जनताको ईच्छाको वलात्कार गर्नेलाइ पो ग्लानी हुनु पर्ने हो त ? हामीवाट यदाकदा भूल भयो भने छापामारेका वेला थप अँशदान गरेर प्रायश्चित गरेका छौ ।किन ग्लानी ?"
मैले खोजेको वारेमा यथोचित जवाफ उसले मलाइ दिइसकेकी थिई । मिर्मिरे विहानी भएकोले थप वस्नु मेरो ईज्जतका लागी ठीक थिएन । त्यसैले कोठावाट सुटुक्क वाहीर निस्केर म अँध्यारोमा हराए । ऊ ग्लासमा रहेको ह्विस्कीको अन्तीम घुट्को तान्दै थिई ।
No comments:
Post a Comment