Pages

Monday, April 15, 2013

कुवेत मा नेपाली चेलीहरु (शिर्षक सच्याइएको)

कुवेत मा नेपाली चेलीहरु (शिर्षक सच्याइएको)

Original Post on : http://nepalkuwait.com/koselinews/nk/news.php?news_id=7376#.UWr7eFcyssR.facebook
 (ब्यभिचारी भए नेपाली महिला - नाक काटे कुवेतमा बस्नै गारो भो)

सुजन अभागि,वैदेशिक रोजगारिका लागि कुवेत आएका नेपाली चेलीहरुका गैर कानुनी कृयाकलाप कुवेतका राष्ट्रिय दैनिकहरुमा हेडलाईन बन्न थालेका छन । अवैध बच्चा जन्माई हत्या गर्ने, बेच्ने, साहुको घरभित्र प्रेमी बोलाएर यौन सम्बन्ध राख्ने, रक्सि बनाउने, बेच्ने, वेश्यावृति देखि विदेशी गिरोहसँग मिली लागू औषधीको कारोवार गर्ने जस्ता अवैध काममा नेपाली महिला संलग्न रहेका समाचार कुवेत पुलिस र यहाँबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुमा दिनहुँ जसो देख्न पाईन्छ ।  नेपाली महिलाहरु अनैतिक र अमर्यादित यौनजन्य काममा संगलग्न भएका देख्दा विदेशहरुले नेपाली महिलाको चरित्रमा नै  प्रश्न गर्न थालेका छन भने  यहाँ कार्यरत नेपाली युवाहरुको मान र प्रतिष्ठा मै आँच आउन थालेको छ ।
 हिजो मात्रै कुवेतको एक दैनिक पत्रिकाले  घरेलु कामदारका रुपमा कुवेतिको घरमा काम गर्ने नेपाली युवती र उनका ’प्रेमी’ रङ्गेहात पक्राउ परेको खबर छापेको छ । त्यो पनि ’आपित्तजनक’ अवस्थामा । ती महिलाको प्रेमी परिवारका सबै सदस्य सुतिसकेको बेलामा युवतीको कोठामा सुटुक्क आएको रहेछ ।  काम गर्ने केटीको कोठाबाट आएको ठूल्ठूलो आवाजले घरकी मालिक्नीको निद्रा बीचमै खुलेछ । उनले आफ्नो लोग्नेलाई के भएछ हेर्न जाऊ त भनेर नोकरानीको कोठामा पठाइन । हेर्न जाँदा त रङ्गेहात यौन संम्पर्क गरिराखेको अवस्थमा भेटेछन । अनि कुवेतीले पुलिसलाई खबर गरेछन । पुलिसले दुवैलाई प्रकाउ गरी हिरासतमा राखेको छ ।
अस्ति बिहिबार अर्को काहाली लाग्दो  घटना सार्वजनिक भएको छ ।  एक २३ वर्षकी नेपाली युवती पुलिसको फन्दामा परेकी छिन ।  नाम नखुलाइएकी ती नेपाली चेलीलाई धेरै वटा अभियोग लगाइएको छ । साद अल अब्दुल्लाहस्थित उनी काम गर्ने घरका मालिकहरुले उनलाई साह्रै पेट दुखेपछि जाहरा अस्पताल पुर्याएका थिए ।
  तर अस्पतालमा चिकित्सकीय परीक्षण गरी हेरेपछि त गर्भपातका कारण पो यस्तो ब्लिडिङ भएको पत्ता लाग्यो । लौ अब पुलिस केस ! पुलिस उनी काम गर्ने घर पुग्यो । घरको बाथरुममा ब्ल्याङ्केटमा बेरेको अवस्थामा नवजात शिशुको शव भेटियो ।
पछि प्रहरीसँग उनले ’अवैध’ यौन सम्बन्धबाट उनी गर्भवती भएको बताइछिन् । अब प्रहरीले उनले बच्चा जन्मिसकेपछि मारेको कि मरिसकेको बच्चा जन्मेको भन्ने बारे अनुसन्धान गर्दै गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट चाहीँ उनले अवैध सम्बन्धबाट गर्भ रहेको कुरा लुकाउन बाथरुमभित्र बच्चा जन्माएको देखिएको बताइएको छ । प्रहरी अहिले उनलाई गर्भवती बनाउने केटाको खोजीमा  रहेको छ
एक हप्ता पहिला दुई नेपाली  महिलालाई छुट्टाछुट्टै ठाउँबाट लगभग एउटै खालको अभियोगमा कुवेत पुलिसले पक्राउ गरेको हो । अभियोग­ आफैले जन्माएको नवजात शिशुको हत्या गरेको ! कुवेतको कुरैइन क्षेत्रमा नवजात शिशुको लाश भेटिएपछि खैलाबैला मच्चियो । मुबारक अल कबिरका डिटेक्टिभहरु अनुसन्धानमा जुटे । उनीहरुको पहिलो शंका त्यस क्षेत्रमा काम गर्ने नेपाली घरेलु कामदार महिलाहरु रहे । सोधपूछ गर्दै जाँदा एक महिलाले आफ्नो अपराध स्वीकार गरिन । उनले दिएको बयान यस्तो रहे ।
उनी कुवेत आउँदा नै गर्भवती रहिछिन् । तर कसैलाई थाहा दिएकी रहिनछिन् । नेपालमा ब्वाइफ्रेन्डसँगको सम्बन्धबाट उनको गर्भ बसेको रहेछ । घरेलु कामदारका रुपमा जुन घरमा बसेकी हुन्, त्यही घरको छतमा उनले बच्चा जन्माइछिन् । त्यसपछि नवजात शिशुलाई त्यो ठाउँमा यत्तिकै छाडेकी रहिछन् । पछि त्यो शिशु मृत अवस्थामा फेला परेको रहेछ ।
अर्को घटना कुवेती नागरिकले त्यहाँको गृह मन्त्रालय अन्तर्गतको अपरेसन्स डिपार्टमेन्टमा फोन गरी नवजात शिशुको भुस्याहा कुकुर र बिरालोले टोकेको लाश मुबारक अल कबिरमा फेला परेको जानकारी दिए । प्रहरी गम्भीर बनि हाल्यो, थाल्यो अनुसन्धान ।
अन्त्यमा एक नेपाली महिलाले आफूले त्यो शिशुलाई जन्माएको र घर पछाडि पुरेको स्वीकार गरिन् । महिलाको बयान अनुसार एयरपोर्ट जाँदै गर्दा ती महिलालाई ट्याक्सी ड्राइभरले बलात्कार गरेका रहेछन् केही महिना अगाडि । कुवेत फर्केपछि उनले त्यही बलात्कारबाट आफ्नो गर्भ बसेको थाहा पाइन् । आफूले काम गर्ने ठाउँकै बाथरुममा बच्चा जन्माइन्, ब्यागमा हालिन् र घर पछाडि गाडिदिइन । 
एक हप्ता पहिला एक नेपाली जोडिले बच्चा जन्माई विदेशिलाई ३० कुवेती दीनारमा दिएको खबर नेपाली समाज कुवेतमा आगो झै फैलियो । केटाकेटी दुवै ईलिगल भएकोले विदेशिलाई बच्चा दिएको भन्ने खबरले बजार खुबै ततायो । त्यस्तै अर्को एक ईलिगल जोडिले बच्चा जन्माएर बसेको खबर दूतावासमा पुगेको अपुष्ट खबर छ ।
यी महिलाको परिचय नेपाली महिला मात्र भनिएको छ । उनीहरुको नाम र ठेगाना  समाचारमा खुलाइएको छैन । कुवेतमा हुने यस्ता खाले सबै समाचारमा नाम र ठेगाना खुलाइदैन ।  यी महिलाहरुको बारेमा नेपाली दूतावासलाई जानकारी नभएको दूतावासको भनाई छ । समाचारबाट थाहा पाएको तर आधिकारिक जानकारी नपाएको श्रम-सहचारी सृजना तिवारीले भन्नु भयो ।


(अन्त्यमा मेरो कुरा - लेख मा महिला को मात्रै दोष देखाइएको छ, दोष त पुरष को पनि बराबर, कुनै बोला बढि नै हुन्छ , लेख मा भनेको जस्तै महिला मात्रै दोषी र दोष को भागी हुदैनन, लेखक लाई चेतना भया !!!! )

No comments:

Post a Comment